×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोझा नेपालीको लाखौँ रुपैयाँ ठगेको कम्पनीमा कान्तिपुर मिडिया ग्रुपको लगानी ! (हेर्नुहोस् प्रमाण)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ जेष्ठ २०७४, बुधबार

PRIME CA
laxmi sunrise bank

सोझा नेपालीको लाखौँ रुपैयाँ ठगेको कम्पनीमा कान्तिपुर मिडिया ग्रुपको लगानी ! (हेर्नुहोस् प्रमाण)


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कुनै बेला क्यास अन एड नामक एप ल्याएर, सोझा नेपालीलाई विज्ञापन हेर्नुहोस् पैसा आउंछ भनेर विज्ञापन हेर्न लगाएर र उठेको सोझा नेपालीको पैसाजति आफैं कुम्ल्याएर गुपचुप बसेको एफवानसफ्ट नामक ठगी गर्ने कम्पनीमा कान्तिपुरले लगानी गरेको छ । 
जनताबाट उठाएको लाखौँ रकम ठगेर अमेरिका भागेका एफवान सफ्ट नामक कम्पनीका अध्यक्ष विश्वास ढकालका बारेमा अर्थ सरोकार डटकमले समाचार प्रकाशन गरेपछि उनी यस विषयमा गुपचुप बसेका थिए । यतिसम्मकि अर्थ सरोकार डटकमसँगको कुराकानीमा उनले आफु एफवान सफ्टमा नरहेको समेत दावी गरेका थिए । तर कान्तिपुरजस्तो ठुलो मिडियाको साथ भएकाले अव आफुलाई कसैलेपनि छुन नसक्ने भन्दै उनी पुन: नेपालमा खुलेआम हिंडीरहेका छन् । जनताले क्यास अन एड प्रयोग गरेर कमाएको पैसा लुटेर भागेका विश्वाश ढकालले जनताको पैसा पचाउन कान्तिपुरको सहयोग लिएको उनी निकटहरुको दावी छ ।
जनताको पैसा लुटेर भाग्दा त्यसको खोजीनिती गर्ने पत्रकारलाई आफु एफवान सफ्टमा नरहेको भन्दै टार्ने उनी अहिले अध्यक्षकै हैसियतमा कान्तिपुरसँगको सहकार्यमा अगाडी बढेका छन् । कान्तिपुरसँगको सम्झौताको एक औपचारिक कार्यक्रममा उनले मोबाइलमार्फत विद्युतीय आर्थिक कारोबारलार्इ सहजीकरण गर्ने बताउँदै दूरदराजसम्म वित्तिय सेवा सम्भव हुने बताए । साथै उनले काम्तिपुर मिडिया ग्रुपसँगको सहकार्यबाट स्थानीय आवश्यकतामा आधारित वित्तिय प्रविधिको विकासलार्इ अगाडी बढाउन सम्भव हुने बताए ।
यो पनि पढ्नुहोस् 

EXCLUSIVE: क्यास अन एडका नाममा एफवान सफ्टको ठगी, सञ्चालकले पारे जनताको करोडौं रुपैयाँ ‘झ्वाम्’ !

सन् २०१३ मा नेपाली बजारमा एउटा फरक खालको मोबाइल एप्स आयो । उक्त एप एन्ड्रोइड मोबाइलमा डाउनलोड गरी इन्स्टल गरेपछि कुनैपनि फोन आउँदा मोबाइलमा विभिन्न कम्पनीका विज्ञापन बज्थे । उक्त ‘प्रोडक्ट’ नेपाली बजारमा आउँदा नेपालका ठुलै कम्पनी र मिडियाले पनि साथ दिएका थिए। विशेषगरी कोकाकोला, सामसङ, माइक्रोम्याक्स, बजाज, नोकिया, पशुपति पेन्ट्स लगायतका उत्पादनहरु बजारमा ल्याएका कम्पनीहरुले नेपालमा आएको नौलो एपमा खुलेरै पैसा खन्याए । पूरा पढ्नुहोस् 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: