×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नयाँ शक्तिलाई भोट हाल्न नपाएपछि करिश्माले भनिन्, ‘विनोद अव मेरो साथी मात्र, डिभोर्स दिन्छु’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नयाँ शक्तिलाई भोट हाल्न नपाएको भन्दै करिस्मा मानन्धरले पति विनोद मानन्धरलाई डिभोर्स दिने भएकी छिन् । ‘स्थानिय तहको निर्वाचनमा भोट हाल्न नपाउँदा मताधिकार प्रयोग गर्न पाइनँ । मेरो विनोद लोग्ने होइनन्, साथी मात्र हुन् । तर, सबै कुरामा उनीमाथि भरपर्दा मैले धोका पाएँ । फेसबुकमा लेखेर उनलाई सचेत गराएकी हुँ ।’ प्रेस सोसाइटी नेपालले घोराहीमा आयोजना गरेको कार्यक्रममा भनिन् । 
‘उनी मेरो होस्टेल वार्डेन हुन् । मैले चढ्ने कार पनि उनले नै सर्भिस गर्छन् ।’ यस्तै, तुलसीपुरमा आयोजित पत्रकार भेटघाटमा उनलाई संचारकर्मीले आफ्नो मतदाता नामाबली कहाँ छ भन्ने जानकारी लिनु तपाइको दायित्व होइन भनेर सोधेका थिए । जहाँ, उनले भनिन्-‘बिहे भएको २७ बर्ष भयो । चार बर्ष अमेरिका बसेर म नेपाल फर्किएकी हुँ । तर, मेरा पतिले मलाई बच्चा जस्तो व्यवहार देखाएछन्, उनलाई डर देखाउनका लागि मैले फेसबुकमा लेखेकी हुँ । उनी साह्रै डराएका छन् ।’ उनले भनिन् । 
साथै उनले आफुले डिभोर्सको प्रक्रिया अगाडी बढाईसकेको समेत बताएकी छिन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: