×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एमाले कार्यकर्ताद्वारा कुलमानलाई ज्यान मार्ने धम्की !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – एमालेका एक जना केन्द्रीय स्तरका नेताले नेपाल विध्युत प्राधिकरणका निर्देशक कुलमान घिसिंगलाई ज्यान मार्ने धम्की दिएको खबर छ  । माओवादीलाई फाईदा पुग्ने गरी काम गरेको भन्दै प्रदेश न १ घर भई हाल युवासंघ तथा पार्टीमा सक्रिय ति नेताले एनसेलको नम्बरबाट मेसेज र फ़ोनमार्फ़त धम्की दिएको कुलमान निकट श्रोतले बताएको छ ।
एमालेलाई भोट दिए कुलमान हटेर फेरी लोडसेडिङ हुने चर्चा सामाजिक संजालमा व्यापक भएपछि ‘यो प्रचार कुलमानलेनै लगाउन खोजेको भनेर एमाले नेताले सरकार त बन्न देउ अनि थाहा पाऊलास्’  भनेर धमक़्याएका थिए । ‘आफ़नो लिमिटमा बस्, होईन भने तेरै बत्ती नरहला, होश गरेस्’ भनेर धम्क्याएपछी कुलमानले यसबारेमा निकटका मान्छेसँग कुरा गरेका थिए । 
पछि उक्त नम्बरमा सम्पर्क गर्न खोज्दा भने नम्बर अस्तित्वमा नरहेको जवाफ आएको थियो । कुलमानलाई यस्तो धम्की पहिलोपटक आएको भने होईन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: