×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ललितपुरमा २२१ मतपत्र गायब, निर्वाचन अधिकृत सम्पर्कबिहीन !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – ललितपूरको महालक्ष्मी नगरपालिकाको वडा नम्बर ६ मा मतपत्र गायब भएको खबर  छ । प्राप्त जानकारी अनुसार २ सय २१ मतपत्र गायब भएको हो । बुधबार मतपत्र कम भेटिएपछि माओवादी केन्द्र, एमाले र कांग्रेसबीच विवाद भएकों थियो ।
मुचल्का गरिएको मतको संख्या र सदर तथा बदर मतको संख्या नमिलेपछि मतपत्र गायब भएको खुलासा भएको हो । उक्त वडामा जम्मा ३ हजार ५ सय ५१ मत खसेको थियो । सबै मत गणना गर्दा ३४२८ मत सदर र १०२ मत बदर भएको थियो ।
बुधवार विवाद कायाम नै रहेपनि बिहिबार बिहान भने निर्वाचन अधिकृत राम घिमिरेले भने नेपाली कांग्रेसका उम्मेदवार बासुदेव महर्जन बिजयी भएकों सूचना टाँस गरेका थिए । नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र महर्जनले १३४२ मत ल्याएका छन् । माओवादी केन्द्रको १३३९ मत छ ।
माओवादी केन्द्रले आफ्ना उम्मेदवार हराउन षड्यन्त्र गरेको आरोप लगाएको छ । निर्वाचन अधिकृत घिमिरे सम्पर्कबाहिर छन् । उनको मोबाइल स्विच अफ छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: