×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

अर्थमन्त्रीको पछिल्लो दैनिकी, ‘विहान ६ बजे मन्त्रालय पुगेर राती ११ बजेमात्र फर्कन्छन्, खानामा सुख्खा रोटी !’

काठमाडौँ – अर्थमन्त्री कृष्ण बहादुर महरा अहिले बजेटको कामले निकै व्यस्त छन् । बजेट निर्माणमा अधिकांस समय खर्चिरहेका उनको पछिल्लो खाना खुवाई भने औसत नेपालीले नपत्याउने खालको छ । नेता भनेपछि निकै मीठो मसिनो खान्छन् भन्ने सोचाइलाई गलत सावित गर्दै अहिले अर्थमन्त्री कृणवहादुर महरा सुक्खा रोटी र फलफुलका भरमा राति ११ बजेसम्म अर्थमन्त्रालयमा बस्ने गरेका छन् । 
यसो त खानाका खास सोखिन नरहेका महरा अहिले बिरामी भएकाले पनि सुक्खा रोटी तरकारी खाएर बजेट निर्माणमा व्यस्त भएका हुन् । ‘उहाँ विहान ६ बजे आएर ११ बजे घर जानुहुन्छ, खानामा सुक्खा रोटी र तरकारीसँगै केहि फलफुल खानुहुन्छ ।’ महराका प्रेस सल्लाहाकार त्रिभूवन पौडेलले अर्थ सरोकार डटकमसँग भने । 
गत बर्ष अर्थमन्त्रालयका सचिव लोकदर्शन रेग्मीले चालु आर्थिक बर्षको बजेट बनाउँदा द्वारिकाज होटलबाट महँगो खाजा र खाना मगाएको भन्दै उनको लोचनासमेत भएको थियो।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: