×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

स्थानीय तहलाई तीन अर्ब ५९ करोड विनियोजन

  • अर्थ सरोकार सम्बाददाता 
तनहुँ – सरकारले तनहुँका चारवटा नगरपालिका तथा छवटा गाउँपालिकाका लागि रु तीन अर्ब ५९ करोड विनियोजन गरेको छ ।  सबैभन्दा बढी ब्यास नगरपालिकाका लागि रु ६३ करोड ४७ लाख ८६ हजार बजेट छुट्टयाएको छ । यस्तै भानु नगरपालिकामा रु ४९ करोड १४ लाख ५३ हजार, शुक्लागण्डकी नगरपालिकामा रु ४३ कारेड ६३ लाख ४२ हजार र भिमाद नगरपालिकामा रु ३८ करोड ९० लाख ९२ हजार बजेट विनियोजन गरिएको छ । 
यसैगरी आँबुखैरेनी गाउँपालिकाका लागि रु २४ करोड ६९ लाख ६३ हजार, ऋषिङ गाउँपालिकाका लागि रु ३७ करोड ६ लाख ९७ हजार, घिरिङ गाउँपालिकाका लागि रु २७ करोड ६९ लाख ९४ हजार, देवघाट गाउँपालिका लागि रु २४ करोड ८३ लाख ८८ हजार, बन्दीपुर गाउँपालिकाका लागि रु २५ करोड ४२ लाख ९६ हजार र म्याग्दे गाउँपालिकाका लागि रु २४ करोड ८३ लाख ८८ हजार विनियोजन गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: