×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१ भोटले हारेपछि अदालतमा मुद्दा !

काठमाडौं । तनहुँ देवघाट गाउँपालिकाको उपाध्यक्षमा १ मतले पराजित सावित्री न्यौपाने दवाडीले पुनः मतगणना माग गर्दै उच्च अदालत पोखरामा मुद्दा दायर गरेकी छन् ।
एमाले उम्मेदवार दवाडीले पुनः मतगणनाका लागि निर्वाचन अधिकृतलाई गुहार्दा सुनुवाइ नभएपछि अदालतमा आउनुपरेको सोमबार दायर मुद्दामा उल्लेख गरेकी छन् ।
दवाडीलाई एक मतले पराजित गर्दै कांग्रेसकी विमला थापा उपाध्यक्ष निर्वाचित भएकी थिइन् । दवाडीले २ हजार ८ सय ५९ र थापाले २ हजार ८ सय ६० मत पाएको परिणाम सार्वजनिक गरिएको थियो । देवघाट गाउँपालिका अध्यक्ष भने एमालेकै उम्मेदवार दुर्गाबहादुर थापा निर्वाचित भएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: