×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मुस्ताङ एमाले अराजक, कांग्रेस कार्यकर्ता चढेको गाडीमाथि तोडफोड, सवारी चालक घाइते !

एमाले समर्थित कार्यकर्ताहरुले गएराति १०.३० बजे खिङ्गा भन्ने स्थानमा तोडफोड गरि क्षति पू¥याएका छन् ।
मुस्ताङको स्थानीयतह अन्तर्गत सोमवार बाह्गाउँ मूक्तिक्षेत्रको मतगणना परिणाम सकिएर लगत्तै घरतर्फ फर्किएका कांग्रेस कार्यकर्ता माथि रातको समयपारी एक्कासी एमाले समर्थक कार्यकर्ताले हमला गरिएको मूक्तिनाथ रानीपौवा निवासी हर्क गरुङले बताए ।
उनले काग्रेस समर्थक कार्यकर्ता माथि अध्यक्ष पदमा पराजित भएका एमाले उम्मेदवारको घरकै मूल मोटर बाटोमा बसेका एमाले कार्यकर्ताले सांङ्घातिक हमलाको प्रयास गरेको गुरुङको गुरुङको भनाई छ । करिव मध्यरातको समयमा कागबेनी मतगणना स्थलबाट ७ जना काग्रेस कार्यकर्ता बोकेर मूक्तिनाथ तर्फ गएको लैण्डकुजर जीपलाई एमाले उम्मेदवारको घर छेउको मूलबाटोमा पार्किङ गरेर राखिएको ग१ज ४१८७ नम्बरको जीप रहेकै स्थानमा ढुङ्गामुढा गरिएको घाईत कान्छा गुरुङको भनाई छ ।
तोडफोडमा लैण्डकुजर जीपको पछाडी पट्टीको एक ग्यासवाला सिसा पूर्णरुपमा क्षति भएको छ ,भने सिसाले लागि हर्क गुरुङ र कान्छा गुरुङ सामान्य घाईते भएका छन् । बाह्गाउँ मूक्तिक्षेत्रका काग्रेसका कार्यकर्ताले घटना एमालेका कार्यकर्ताले सुनियोजित रुपमा घटाएको आरोप लगाएका छन् ।
चालक आङधारा शेर्पाले लैण्डकुजर जीप बिजयी धारा गुरुङको भएको जानकारी दिए ।घटना बारे दुबै पक्ष बीच ईलाका प्रहरी कार्यालय मूक्तिनाथमा वार्ता भैईरहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: