×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेष्ठ नागरिक भन्छनः प्रचण्ड र देउवाले वृद्धाभत्ता बढाइदिन्छु भनेर ढाँटे

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ जेष्ठ २०७४, मंगलवार

PRIME CA
laxmi sunrise bank

जेष्ठ नागरिक भन्छनः प्रचण्ड र देउवाले वृद्धाभत्ता बढाइदिन्छु भनेर ढाँटे

काठमाडौँ  – जेष्ठ नागरिकहरुले सरकारले ल्याएको बजेटमा वृद्धाभत्ता थप नगरेकोमा आपत्ति जनाएका छन् । सरकारले सोमबार सार्वजनिक गरेको बजेटमा वृद्धाभत्ता थप नगरिएपछि जेष्ठ नागरिकहरु सरकारप्रति आक्रोशित भएका हुन् ।
मंगलबार काठमाडौँमा एक कार्यक्रम गरी उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले वृद्धा भत्ता महिनामा ५ देखि १० हजारसम्म बढाउने आश्वासन दिएर ढाँटको खेती गरेको भन्दै आपत्ति जनाए ।
अग्रज समाज, नेपालका अध्यक्ष महाप्रसाद पराजुलीले सरकारले वृद्धाभत्ता बढाउने भनेर आफूहरुलाई ढाँटेको भन्दै आपत्ति जनाए । उनले आफ्ना बाबु-आमाको सम्मान गर्न नसक्ने सरकारले राष्ट्र र जनताको सेवा गर्न नसक्ने दावी समेत गरे । जेष्ठ नागरिकहरुले महिनामा ५ हजार वृद्धा भत्ता दिनुपर्ने माग गर्दै आएका छन् ।
उनीहरुले यातायात र स्वास्थ्य उपचारमा ५० प्रतिशत छुटको व्यवस्था गर्न पनि सरकारलाई दवाव दिईरहेका छन् । हाल सरकारले जेष्ठ नागरिकहरुलाई महिनामा २ हजार भत्ता दिँदै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: