×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मेनुमा मःम मात्रै ! प्रमुख दलको मिनीमाइजेशनमा काठमाण्डौ महानगर !

  • नरेन्द्र चुदाली
काठमाण्डौ यस्तो शहर हो, जो विश्वमा सुरु भएको शहरी सभ्यतासँगै आफनो पहिचान बनाउन सफल शहर हो । नेपालमा शहरी सभ्यतको विकाश यही शहरबाटनै सुरु भयो । एक त देशको राजधानी त्यसमाथिपनि समग्र नेपालको आर्थिक, राजनैतिक सांकृतिक, सामाजिक र धार्मिक पहिचानको सुचक शहर भएकोलेपनि यसको महत्व धेरै छ । काठमाण्डौ माहानगरपालीका देशको पहिलो र एतिहासिक माहानगरपालीका भएकोले यसले विश्वका धेरै माहानगरहरुसंग आफ्नो सम्बन्ध विकसीत गरेको छ । 
त्यसमापनि काठमाण्डौ ले भारत र चिनका माहानगरहरुसँग आफ्नो विशेष सास्कृतिक सम्बन्धलाई स्थापित गर्दै आईरहेको छ । यस्तो पौराणीक र महत्वपुर्ण ईतिहास बोकेको शहरको मौलिक विकास हुन नसकेको कारणले निराशा भएका जनताहरु आशंन्न स्थानीय निकायको चुनावसँगै उत्साहित भईरहेका छन् । आफुले छानेका सक्षम जनप्रतीनिधिहरुबाट माहानगरको मुहार फेरियोस् भन्ने सपना काठमाण्डौबासीले देखिरहेका छन् । दुई दशकपछि हुन लागिरहेको स्थानीय निकायको निर्वाचनले देश भरीनै उत्साह छाउंदै गर्दा काठमाण्डौ माहानगरलाई विशेष रुपमा हेरिएको छ । 
काठमाण्डौ राजनैतिक तथा सास्कृतीक केन्द्रको भएकोलेपनि अन्यको तुलनामा यो चासोको विषय पर्नु स्वभाविकपनि हो। भविश्यमा विश्वलाई आकर्षित गरेर नेपाललाई विश्वमाझ चिनाउनुपर्ने नेपाली पहिचान र सम्यताकोको शहर काठमाण्डौ अहिले भद्रगोल र अव्यवस्थित अवस्थामा छ । लमो समय स्थानीय निकायको चुनाव नहुँदा जनप्रतीनिधि नहुनुको असरपनि यसमा परेको छ । त्यसैले अव काठमाण्डौको नेतृत्व सम्हाल्ने प्रतिनिधिको काधमा काठमाण्डौ शहरले ठुलो जिम्मेवारी सुम्पनेछ । त्यो जिम्मेवारी त्यसले मात्र पूरा गर्न सक्छ जुनमा दृढ आत्मविस्वास, अनुभव र नेतृत्व क्षमता छ । 
यसैबीच काठमाण्डौमा मेयर लगायतका प्रतीनिधिको मनोनयन दर्ता भईसकेको छ । र प्रमुख राजनैतिक शक्तिलेपनि काठमाण्डौको मेयरको लागि उमेद्धारी दर्ता गराईसकेका छन् । काठमाण्डौ देशकै गौरव गर्न लायक शहर भएकोलेपनि यसको विकास र समृद्धीकोलागि प्रमुख दलहरुले पार्टीभित्रका लोकप्रिय र अनुभवी नेताहरुलाई काठमाण्डौ माहानगरको चुनावी मैदानमा उतार्ने अनुमान विपरित औसत पात्रहरुलाई टिकट दिएका छन् । 
योगेश भट्टराई, गगन थापा, रविन्द्र अधिकारी लगायतका लोकप्रिय र सशक्त युवा नेताहरुलाई पार्टीहरुले अगाडी सार्लान भन्ने अपेक्षा जन स्तरमा थियो ।तर त्यसो हुन सकेन । यहाँ चुनावी मैदानमा रहेका वर्तमान पात्रहरुलाई अहिले नै मुल्याङन गर्नु हतारोनै होला । उनीहरुको कार्यक्षमतामा प्रश्न चिन्ह उठाउनुपनि सान्दर्भीक नहोला । तर एउटा यथार्थ तथ्य के हो भने अहिले प्रमुख दलले काठमाण्डौ माहानगरको चुनावी मैदानमा उठाएका पात्रहरु औसत छन्, उनीहरुले पार्टी भित्र साङगठनीक रुपमा ठूलो जिम्मेवारी निर्भाह नगरेकोलेपनि नेतृत्व क्षमताको विकास भईनसकेको हुन सक्छ । समन्वय र चुनौतीहरुको सामाना गर्न सक्ने क्षमता त्यतिबेलामात्र विकास हुन्छ, जतिबेला नेताहरुले धेरै भन्दा धेरै जिम्मेवारी पूरा गरिसकेका हुन् । 
तर प्रमुख दलहरुले काठमाण्डौ माहानगरका जनतामाझ उतारेका उमेद्धारहरुले पार्टीभित्रपनि ठुलो जिम्मेवारी वहन गरेका छैनन् भने लोकप्रीयताको हिसाबलेपनि कमजोर छन् । त्यसैले उनीहरुप्रति काठमाण्डौ माहानगरको महत्वपूर्ण जिम्मेवारीका सन्दर्भमा जनस्तरमा सङका उत्पन्न भएको छ । भावी मेयरले काठमाण्डौको विकाशको निम्ति ठुलो चुनौतीको सामाना गर्नु पर्नेछ । संस्कृति, कला र धार्मीक पहिचान झल्कने मौलिक शहरको विकाश गर्दै काठमाण्डौमा विकाशका पुर्वाधारहरु निर्माण गर्ने, व्यवस्थित शहरिकरण गर्ने लगायत धेरै जिम्मेवारी मेयरको काधमा आउने छन्। प्रदुषण नियन्त्रण , पर्यटनको विकास , सम्पदा पुन: निर्माण, व्यवस्थित सार्वजनिक यातायात, खानेपानी लगायतका यावत सवाल काठमाण्डौमा छन् । 
यी समस्याको समाधानपनि भावी मेयरको जिम्मेवारी हुनेछ । वर्षोदेखिको सपना बनेको मेट्रो रेल सञ्चालनको निम्ति भावी मेयरको ठुलो भुमिका हुनेछ । सुकुम्वासी समस्यालाई समाधान गरी खोला किनारमा करिडोर बनाउनु कम चुनौतीपुर्ण कार्य छैन । पुर्वाधार निर्माणको क्रममा आईपर्ने समस्या, मुआब्जा विवाद समाधान, राजनैतीक दवाबको सामान गर्नको निम्ति मेयरमा उत्कृष्ट नेतृत्व कौशल हुनैपर्छ । तसर्थ पनि यति महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न दलहरुले सोही अनुसार ल्याकत भएका नेतृत्वलाई मैदानमा उतार्नु पर्थ्यो । तर प्रमुख तीन दलहरुलेनै काठमाण्डौको संबेदनशिलतालाई ध्यान नदिएको देखिन्छ । 
हो, उनीहरुले नया पात्रहरुलाई मौका प्रदान गर्नु स्वागतयोग्य छ । तर नयाँलाई मौका दिदैगर्दा काठमाण्डौको सेण्टीमेण्टलाई बुझ्नु जरुरी थियो । त्यसो भएन । र अर्को कुरा अनुभवी र नेतृत्व क्षमता भएकालाई मौका दिदैमा नयालाई निरुत्साहीत गरेको रुपमा बुझ्नु पनि गलत हुन्छ । नयाँलाई मौका दिंदा क्रमबद्ध रुपमा दिन सकिएन भने उनिहरु फेलर हुने खतरापनि बढ्ने सम्भावना रहन्छ । हामीले द्रुत गतिमा काठमाण्डौको विकास गर्नु छ । त्यसकारण अबको नेतृत्वको भिजन ‘सियोर-सट’ हुनु जरुरी छ । तर अहिलेका मेयरका आकाङक्षीमा त्यस्तो उत्साहप्रद वातावरण देखिदैन् । 
उमेद्धारहरु लोकप्रिय हुन नसक्दा मनोनयन दर्तापछि काठमाण्डौको चुनावी माहोललाई त्यती महत्वका साथ हेरिएको छैन । दलहरुले काठमाण्डौ माहानगरलाई त्यति महत्व नदिंदापनि उनीहरुले कनिष्ट नेता कार्यकर्ताहरुलाई चुनावी मैदानमा उतारेको आँकलन गर्न सकिन्छ । हुनसक्छ उनीहरुले उठाएका पात्रहरुले पार्टीमा योगदान गरेका होलान, स्थानीय स्तरमा राम्रो पकड होला तर माहानगरको मुहार परिबर्तन गर्नको लागि आबस्यक रणनिति र क्षमता उनिहरुमा देखिएको छैन् ।
जनताहरुले छनौट गर्दा कुनै विशेष क्षमता भएका पात्रहरु उपलब्ध छैनन् । सबै औसत पात्र भएकोलेपनि मतदाताहरुमा उत्साह देखिएको छैन् । र मतदान गर्दा पनी सबैको क्षमता औसतमात्र भएकोले मतदाता विकल्पहिन भएका छन् । मेनुमा मःमः मात्रै भएकोले, खाउं मःम, नखाउ मःम को स्थितिमा मतदाता परेका छन् । देशको गौरवको रुपमा रहेको काठमाण्डौ माहानगरमा दलहरुले महत्वका साथमा राष्ट्रिय जीवनमा योगदान पुर्याएका अनुभवी र लोकप्रीय पात्र उठाएको भए राम्रो हुन्थ्यो भन्ने मत जनताहरुको रहेको छ । जे होस मनोनयन दर्ता भईसकेको छ । महानगरको मैदानमा रहेका पात्रहरुले आफुलाई प्रमाणित गर्ने अवसरको सदुपयोग गरुन् ! शुभकामना !
लेखक नरेन्द्र चुदालीका यी लेखहरु छुटाउनुभयो कि ?
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: