×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एपेक्सको आन्तरिक ‘व्यवस्थापन’ हुन्छ कि राष्ट्र बैंकले एनसीसीको व्यवस्थापन सम्हाल्छ ?

  • अर्थ सरोकार सम्बाददाता / समाचार टिप्पणी 
काठमाडौँ -पछिल्लो समय विवादको अर्को नाम बनेको छ नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड अर्थात एनसीसी बैंक । एकपटक नेपाल राष्ट्र बैंकले व्यवस्थापन सम्हालेर पुन: हस्तान्तरण गरेको एनसीसीलाई अहिले उसँगै मर्जरमा आएको एपेक्स डेभलोपमेन्ट बैंक ‘घाँडो’ बनेको छ । एपेक्स र एनसीसी मर्ज हुँदा फर्जी डीडीए बनाएको, एपेक्समा ऋणीहरुलाई फसाएर उक्त पैसा अध्यक्षलेनै चलाएको लगायतका धेरै मुद्धा अहिले चलिरहेका छन् । 
एपेक्स मर्ज भएदेखिनै विभिन्न लफडामा परिरहेको बैंक फेरि केहि समयदेखिनै अनेकौं लफडा र तनावमा पर्दै आएको छ । यसैबीच पाटन उच्च अदालतले एनसीसी बैंकसँग मर्ज भएको एपेक्स डेभलपमेन्ट बैंकको हिसावकिताव छुट्टै राखी अलग-अलग कारोबार गर्न अन्तरिम आदेश दिएपछी बैंकमा अर्को तनाव आईपरेको छ । बैसाख २८ गते अन्तरिम आदेश दिंदै अदालतले एपेक्स र एनसीसीको कारोबार अलग-अलग गर्न निर्देशन दिएको हो । 
स्मरण रहोस् एपेक्स बैंकभित्रका घोतालाहरु सम्बन्धि समाचार अर्थ सरोकार डटकमले ब्रेक गरेको थियो :
नेपाल क्रेडिट एण्ड कमर्श बैंक, पीवाईसी एण्ड एशोसिएट्स चार्टर्ड एकाउण्टेन्स्, नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाउँदै एनबी ग्रुप, एनवी इ्रन्भेष्टमेन्ट, एनबी मार्केटिङ, सांग्रिला इन्भेष्टमेन्ट र जेनिथ इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीजले बैशाख २४ गते हालेको मुद्दाको सुनुवाई गर्दै न्यायधिश राजेन्द्र सुवेदीको एकल इजालासले यस्तो आदेश जारी गरेको हो । अदालतले विपक्षीहरुलाई कारण देखाउन आदेश दिएको छ । 
राष्ट्र बैंकको प्रतिवेदनपनि नकारात्मक आउने अनुमान !
यसैबीच केहि समय अगाडी नेपाल राष्ट्र बैंक पुन: एनसीसी बैंकमा पसेको थियो । बैंकसम्बन्धि अत्याथिक उजुरीपरेपछि नेपाल राष्ट्र बैंकको टोली एनसीसी बैंक पसेको थियो । राष्ट्र बैंकको प्रतिवेदन सार्वजनिक रुपमा आईसकेको नभएपनि नेपाल राष्ट्र बैंकले पनि एनसीसीभित्र समस्या रहेको प्रतिवेदन बटुलेको नेपाल राष्ट्र बैंकको उच्च स्रोतको भनाइ छ । ‘प्रतिवेदन नकारामत्क आउने सम्भावना बढी छ । यसका लागि अझै केहि समय कुर्नुपर्ला ।’ राष्ट्र बैंकको एक उच्च स्रोतले भन्यो । जनताको मनोविज्ञानलाई ख्यालमा राख्दै राष्ट्र बैंकले यो प्रतिवेदन सार्वजनिक नगर्ने स्रोतको भनाइ छ । जे होस्, सुचना त आईनै हाल्छ । यसले एनसीसी बैंकलाई झन् समस्यामा पार्ने देखिन्छ ।

बिरलै अभ्यास, र तारोमा एनसीसी !
कुनैपनि मर्ज भएको बैंकको हिसाव छुट्टै राख्नुलाई विरलै अभ्यासको रुपमा लिने गरिन्छ । एकिकृत कारोबारसमेत भइसकेको अवस्थामा अदालतको यस्तो अन्तरिम आदेशले एनसीसीलाई झन् अफ्ट्यारोमा पार्ने निश्चित छ । यसले मर्ज भएका अन्य बैंकका ग्राहकहरुको मनपनि चैनमा छैन भन्ने बुझ्न गाह्रो छैन । अदालतको आदेश, राष्ट्र बैंकको हस्तक्षेप र ग्राहकको दिनानुदिन बढिरहेको असन्तुष्टिले एनसीसीलाई साच्चै अफ्ट्यारो पर्ने देखिन्छ । यसले एनसीसीको समग्र ‘पर्फर्मेंन्स’ लाई असर गर्नेमा दुईमत छैन !

लफडा नै लफडाले भरिएको बैंक !
एनसीसीभित्र एपेक्ससँग सम्बन्धितमात्र लफडा छैन । बैंकभित्र कर्मचारीलाई लिएर समेत थुप्रै लफडा छन् । बैंकका कर्मचारीहरु बैंकको पछिल्लो अवस्थादेखि वाक्कदिक्क भएका छन् । राम्राले अन्यत्रै अवसर खोजीरहेका छन् भने साना तहका कर्मचारीपनि तनावमा छन् । अझ एपेक्सबाट गएका कर्मचारीहरुले त बैंकको माया नै मार्नुपर्ने अवस्था देखिएको छ । यो अवस्थामा एनसीसीलाई पुन: नेपाल राष्ट्र बैंकले लिने त होइन ? भन्ने चर्चापनि चल्न थालेको छ । 
अव के हुन्छ ?
एपेक्सभित्रका घोटालाहरु एक-एक गरी हेर्ने हो भने बैंकनै नरहने निश्चित छ । बैंकमा कतिसम्म घोटाला भएका छन् भन्नेबारे अर्थ सरोकार डटकमले पटक-पटक प्रकाशित गरिसकेको छ । खोला र बगरको जग्गासमेत धीतोमा राखेर ऋण प्रवाह गर्नु भनेको सीधै खराव कर्जा बढाउनु हो भन्ने कसलाई पो थाहा नहोला र ? यो बीचमा बैंकको विषयलाई लिएर बजारमा धेरै पात्र विवादित भइसकेका छन् । कति पात्रहरुले एकले अर्काको पोलसमेत खोल्न थालीसकेका छन् । बैंकभित्र लफडानै लफडा छ । बैंकभित्र सायदै कोहिले शान्त मनसँग काम गरेका छन् । नेपाल राष्ट्र बैंकले व्यवस्थापन सम्हाल्ने चर्चा चल्न थालिसकेको अवस्थामा अव बैंकको अवस्था त्यतिकै भन्न सकिन्न । नेपाली बैंकिङ क्षेत्रमा केहि नौलो प्रयोग नहोला भन्न सकिन्न । 
यो पनि पढ्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: