×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फलोअप : राष्ट्र बैंक पसेपछि यस्तो खीचडी पाक्दैछ एनसीसीमा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ –  नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)मा नेपाल राष्ट्र बैंक पसेपछि बैंकभित्र विभिन्न कुरालाई लिएर हंगामा मच्चिएको छ । बैंकमा मर्ज भएको एपेक्सको खराव कर्जालाइ लिएर नेपाल राष्ट्र बैंक र सीआइबीमा उजुरीपरेपछि र बैंकभित्रका अन्य केहि कर्जालाई लिएर संचालकले नै बदमासी गरेको उजुरीपछी नेपाल राष्ट्र बैंक एनसीसीमा पसेको हो । अर्थ सरोकार डटकमलाई प्राप्त खबर अनुसार अहिले नेपाल राष्ट्र बैंकको एक समुहले एनसीसीमाथि विभिन्न कुराहरुमा छानविन गरिरहेको छ भने केहिदिनमै त्यसको प्रतिवेदन नेपाल राष्ट्र बैंकमा बुझाइने छ ।


राष्ट्र बैंकका कर्मचारीलाई नै प्रभावमा पार्ने प्रयास !
यता एनसीसीमा नेपाल राष्ट्र बैंक पसी विभिन्न कुराहरुमा छानविन गर्न थालेपछि बैंकका केहि संचालक र बैंकका सीइओ समेतको मिलेमतोमा नेपाल राष्ट्र बैंकका कर्मचारीहरुलाई प्रभावमा पार्ने प्रयास भएको स्रोतको दावी छ । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै एनसीसी बैंकको एक उच्च स्रोतले बैंकले नेपाल राष्ट्र बैंकसँगको मिलेमतोमा बैंकका कर्तुतहरु ढाकछोप गर्ने तयारी गरेको छ । यसका लागि नेपाल राष्ट्र बैंकका केहि पदाधिकारीहरुसँग समेत एनसीसीका सीइओ, सञ्चालक लगायतले लविङ सुरु गरेका छन् ।

एपेक्स बैंक संघर्ष समितिलाइ तुहाउने खेल 
यता बैंकसँग मर्ज भएको तत्कालीन एपेक्स बैंकको विषयलाई लिएर आफुहरुलाई बैंकले पीडीत बनाएको भन्दै संघर्ष समितिनै बनाएर एक समुहले एनसीसी बैंक, नेपाल राष्ट्र बैंक र सीआइबीमा उजुरी गरेको थियो । त्यहि उजुरीका आधारमा एनसीसी छिरेको नेपाल राष्ट्र बैंकको टोलीलाई समेत प्रभावमा पारी बैंकले उक्त संघर्ष समितिलाई तुहाउने खेल रचेको स्रोतको दावी छ । एपेक्सका तत्कालीन अध्यक्ष विष्णु प्रसाद धितालले नक्कली ऋणी खडा गरेर, खोला र बगर धितो लिएर १८ करोड रुपैयाँभन्दा बढी रकम कर्जा प्रवाह गरी उक्त कर्जा आफैँले चलाएको भन्दै पीडितहरुले एपेक्स र धितालविरुद्ध उजुरी गर्दै राष्ट्र बैंक, एनसीसी बैंक स्वयं र अख्तियार दुरुपयोग आयोगसम्म पुगेका थिए ।


राष्ट्र बैंक भन्छ, ‘प्रतिवेदन आओस्, सबै थाहा हुन्छ’ एनसीसी बोल्नै मान्दैन !
यता एनसीसी बैंकमा नेपाल राष्ट्र बैंक पसेर गरिरहेको छानविनबारे बुझ्न खोज्दा नेपाल राष्ट्र बैंकका प्रतिनिधिले भने प्रतिवेदन आएपछि सबै थाहा हुने बताएका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भार्नर भन्छन् ‘हामीले एनसीसीमा के भएको हो अध्ययन गरेर विवरण पठाउन सम्बन्धित विभागलाई निर्देशन दिएका छौं। प्रतिवेदन आएपछि सबैकुरा थाहा हुन्छ ।’ उनले भने । उनका अन्सुआर राष्ट्र बैंकको वाणिज्य बैंक सुपरिवेक्षण विभागले केही दिन लगाएर एनसीसीमा पछिल्लो अवस्थाबारे अध्ययन गरी प्रतिवेदन तयार पार्नेछ र त्यहि अनुसार आगामी रणनीति बनाउनेछ । यता यस प्रकरणमा एनसीसी बैंकभने बोल्न मानिरहेको छैन । एनसीसी बैंकमा नेपाल राष्ट्र बैंक पसेपछि राष्ट्र बैंकका कर्मचारीहरुलाईनै प्रभावमा पार्ने गरी काम भइरहेकोबारे अर्थ स्रोअकर डटकमले बुझ्न खोज्दा एनसीसीका प्रतिनिधि सम्पर्कमै आउन चाहेनन् ।

यो पनि पढ्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: