×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेप्सेका कर्मचारीले दिए नयाँ स्टक एक्स्चेन्ज कम्पनी नखोल्न दवाव ! अर्थमन्त्रीलाई बुझाइयो ज्ञापनपत्र !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेप्सेका कर्मचारीले नयाँ स्टक एक्सचेन्ज खोल्न दिन नहुने दवाव दिएका छन् । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज खोल्ने निर्णय गरेसँगै नेप्सेका कर्मचारीले आपत्ति जनाउंदै यस्तो दवाव दिएका हुन् । नेप्सेका कर्मचारीले उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, गभर्नर डा. चिरञ्जिवी नेपाल, राजश्व सचिव राजन खनाल र धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीलाईलाई भेटेर ज्ञापनपत्र बुझाउंदै यस्तो दवाव दिएका हुन्छ । 
भारत र चीनमा समेत दुई दुई वटा मात्रै स्टक एक्स्चेन्ज भएको भन्दै उनीहरुले नेपालजस्तो सानो मुलुक र थोरै कारोबार हुने देशमा यो जरुरी नभएको उल्लेख गरेका छन् भने नयाँ स्टक एक्स्चेन्ज खोल्दा नेप्सेको सम्पत्ति जोखिममा पर्ने दावी गरेका छन् । उनीहरुले नेप्सेलाई नै निजीकरण गरेर सुदृढ बनाउन सकिनेमा समेत जोड दिएका छन्।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: