×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सञ्जाल बढाउँदै एनआईसी एशिया, थप ९ नयाँ शाखा सञ्चालनमा

काठमाडौं । एनआईसी एशिया बैंकले जेष्ठ ३ गतेबाट विभिन्न ९ स्थानमा एकै साथ शाखा सञ्चालनमा ल्याएको छ ।सौ-फर्साटिकर, धकधई , भुमही, बाँसगढी, पर्सा, रत्ननगरको टाँडी, तनहुँको भिमाद, चितवनको हाकिम चोकमा शाखा सञ्चालनमा ल्याएको हो । यी ९ शाखासँगै बैंकको कु्ल शाखा संख्या १ सय ७ पुगेको छ ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक भएको बैंकले उल्लेख गरेको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: