×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भोट हाल्न जाँदा सेल्फी खिच्न नपाइने ! मतदान स्थलमा मोबाइल निषेध

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ बैशाख २०७४, शुक्रबार

PRIME CA
laxmi sunrise bank

भोट हाल्न जाँदा सेल्फी खिच्न नपाइने ! मतदान स्थलमा मोबाइल निषेध

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – जमानानै सेल्फीको छ । केहि काम गर्योकि सेल्फी खिच्ने चलन अहिले बढ्दो छ । तर यसपालीको चुनावमा भने सेल्फी खिच्न नपाइने भएको छ ।किनकी मतदान केन्द्रमा मोबाइल फोन निषेध गरिएको छ । निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृत बाहेक अरु कसैले पनि मोबाइल फोन साथमा लिएर मतदान केन्द्रमा जान पाउने छैनन् ।
‘मतदान अधिकृतलाई बन्देज गरिएको छैन । अरु सबैलाई बन्देज गरिएको छ । मतदान गोप्य हुने भएकाले गोपनियताको लागि यस्तो गरिएको हो । ‘मतदाताहरुले मतदान केन्द्र बाहिरै छाडेर, सुरक्षाकर्मीलाई दिएर वा आफन्तलाई दिएरमात्रै मतपत्र लिनुपर्छ र गोप्य मतदान गर्नुपर्छ,’ निर्वाचन आयोगका सूचना अधिकृत सूर्यप्रसाद अर्यालले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: