×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मतदातालाइ पैसा बाँड्दा रकमसहित समातिए कांग्रेस नेता ! (भिडियोसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ बैशाख २०७४, शुक्रबार

PRIME CA
laxmi sunrise bank

मतदातालाइ पैसा बाँड्दा रकमसहित समातिए कांग्रेस नेता ! (भिडियोसहित)

  • आजको न्यूज 

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटका सचिव सुरेन्द्रराज अधिकारी मतादातालाई रकम बाड्दै गर्दा समातिएका छन । दलित समुदायका मतदातालाई रकम वितरण गरेको आरोपमा नुवाकोटमा रकमसहित नेपाली काँंग्रेसका मेयर पदका उम्मेदवार ध्रुव अधिकारी भाइलाई स्थानीय बासिन्दाले नियन्त्रणमा लिएका हुन । भिडियो हेर्नुहोस ।

उनीहरुले अधिकारीलाई समाति प्रहरीको जिम्मा लगाएका छन । निर्वाचनमा मतदातालाई रकम बाँंढेको दाबीसहित स्थानीय बासीले विदुर नगरपालिका वडा नं. ९, दशमुरेचौतारोमा मध्यराती लाखौं रूपैयासहित मेयर पदका उम्मेखवारका भाइसमेत रहेका काँग्रेस नुवाकोट जिल्ला सचिव सुरेन्द्रराज अधिकारीसहित तीन जनालाई नियन्त्रणमा लिएका हुन् । प्रहरीको रोहवरमा अधिकारीको साथमा रहेको झोलाबाट एकहजार रुपियाँ दरका नोट एक पेटी बरामद भएको छ ।
हेर्नुहोस भिडियो 

स्थानीयबासीले मेयर पदका उम्मेदवार ध्रुव अधिकारीका भाई सुरेन्द्रराज अधिकारी, त्रिभुवन त्रिशूली माविका शिक्षक नवराज आचार्य र उत्तरगया अंग्र्रेजी विद्यालयका प्रिन्सिपल सुनील श्रेष्ठलाई दलित समुदायका मतदातालाई रकम वितरण गरेको भन्दै घेराबन्दीसहित नियन्त्रणमा लिएका हुन् । अधिकारीको साथमा रहेको झोलाबाट रकम बरामद भएको हो । कांग्रेसका सचिव अधिकारीले आफ्नो साथवाट बरामद रकमका सम्बन्धमा पत्रकारलाई वास्तविकता बताएर रकमको औचित्यका सम्बन्धमा कुनै पुष्टि गर्न चाहेनन् । उनले निर्वाचनमा मौन समय बिहीबार मध्यराती १२ बजेदेखि लागू हुँदैगरेको बेला स्थानीयबासीले आफूलाई राती साढे ११ बजे नियन्त्रणमा लिएको बताए । अरू बेला साँझ सात बजे नै कार्यालयबाट घर फर्कने अधिकारीलाई बिहीबार मध्यराती शंकास्पद अवस्थामा स्थानीयबासीले मतदातामाझ देखेपछि नियन्त्रणमा लिएका हुन् ।

पहिले विकास निर्माणका लागि वास्ता नगर्नेहरू मध्यरातको समयमा मिजार बस्तीमा निर्वाचनलाई प्रभाव पार्ने गरी काँग्रेसका तर्फबाट मेयरका उम्मेदवार ध्रुव अधिकारीका भाई सुरेन्द्रराज अधिकारीले रकम बाँढेका कारण स्थानीयबासीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएर पठाइएको स्थानीय राजेन्द्र भण्डारीले बताउनुभयो । उहाँले काँग्रेसले त्यस ठाउँमा पहिलेदेखि मातदाता किन्ने काम गरिरहेको बताउनुभयो । दलित समुदायलाई रकम वितरण गरेर मत किन्ने काममा सरिक भइरहेको अवस्थामा स्थानीयबासीले काँग्रेसका मेयर उम्मेदवार ध्रुव अधिकारीका भाई काँग्रेसका जिल्ला सचिव सुरेन्द्रराज अधिकारीसहित तीन जनालाई नियन्त्रणमा लिएर प्रहरी निरीक्षक जीतेन्द्रकुमार बस्नेतको रोहवरमा रकम बरामद गरी राती साढे १ बजे छाडिएको घटनाका प्रत्यक्षदर्शी नेकपा एमाले विदुर नगरका मेयर पदका उम्मेदवार सञ्जु पण्डितले बताए । उनले कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय नुवाकोट, निर्वाचन आयोग तथा विभिन्न सरोकारवाला निकायमा उजुरी दिएका छन । 
रकम बाढ्नका लागि नगद रुपियाँ राख्न मध्यराती साढे ११ बजे काँग्रेसका जिल्ला सचिव सुरेन्द्रराज अधिकारीको टोलीले विदुर नगरपालिका वडा नं. ९, दशमुरेचौतारोमामा रहेको पसलबाट खामसमेत किनेको नेकपा एमाले कार्यकर्ताले दाबी गरेका छन् । खाम बेच्ने पसलका मालिक चिरञ्जीवी गिरीले राती साढे ११ बजे अधिकारीसहित तीन जनाले शुक्रबार बालकको पास्नी छ, खाम दिनुस् भन्दै ३० वटा खाम आफ्नो पसलमा किनेको पुष्टि गर्नुभयो ।निर्वाचनको सन्दर्भमा मतदातालाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि गरेको पाइएमा आचारसंहिता उल्लंघन गरेको ठहर हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय विदुरका सहायक निर्वाचन अधिकृत महिमानसिंह विष्टले जानकारी दिनुभयो । मतदातालाई प्रभाव पार्न दलित समुदायको बस्तीमा रकम बाँढेर फर्कदै गरेको सूचनाका आधारमा स्थानीय महिलासहितको टोलीले अधिकारीसहित तीन जनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । रकम बाँढ्ने काँग्रेसका मेयर उम्मेदवार धु्रव अधिकारीलगायतलाई कारबाही हुनुपर्ने माग एमालेका जिल्ला सचिव बुद्धिबहादुर प्रधानले गरेका छन । नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले सत्य–तथ्य छानविन गरिने बताएका छन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: