×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अव पशुलाई पनि ८ घन्टाभन्दा बढी काममा लगाउन नपाइने ! हेर्नुस के के गर्न पाईदैन ? लगाए के कारवाही हुन्छ ?

काठमाडौं – पशुलाई मानिसले आफूखुसी जति समय पनि काममा लगाउने प्रवृत्तिलाई सरकारले बन्देज लगाउने कानुन ल्याएको छ । पशुपक्षी विकास मन्त्रालयले पशु कल्याण निर्देशिका, ०७३ जारी गर्दै पशुलाई अधिकतम ८ घन्टा मात्रै काममा लगाउन पाइने प्रावधान ल्याएको हो । यो खजर आजको नयाँ पत्रिकामा छ । त्यति मात्र होइन, वृद्धावस्थामा पुगेको पशुलाई कामबाट निवृत्त गरी पशुधनीले उचित हेरचाह गर्नुपर्ने प्रावधानसमेत निर्देशिकामा समेटिएको छ । मानिसलाई दैनिक अधिकतम ८ घन्टासम्म काममा लगाउन पाइने व्यवस्था विश्वका अधिकांश मुलुकका श्रम ऐनले गरेको छ । पशुपक्षीलाई काममा लगाउँदासमेत समयसीमाको व्यवस्था नेपालमा पहिलोपटक ल्याइएको हो ।
पुच्छर बटार्न नपाइने
पशुले काम गरिरहेका वेला मानिसले अक्सर पुच्छर बटार्ने, चोटपटक लाग्ने गरी कुटपिट गर्ने गरेको देख्न पाइन्छ । तर, निर्देशिकाले पुच्छर बटार्ने, भाँच्ने, अंगभंग गराउन नपाइने व्यवस्था गरेको छ । कोर्रा, चक्कु, बन्चरो, पासो, विद्युतीय करेन्ट, खुर्सानीको धुलोलगायतको प्रयोग गरी पीडा दिन नपाइने व्यवस्था पनि निर्देशिकामा छ । यस्तो व्यवस्थाविपरीत क्रियाकलाप गरेर पशुप्रति निर्दयी व्यवहार भएको ठहरिने निर्देशिकामा उल्लेख छ । त्यस्तै पशुलाई घाउचोट वा पीडा हुने गरी फाल्सन लगाउने, नाक, पुच्छर, खुट्टा बाँध्ने वा झुन्ड्याउन पनि रोक लगाइएको छ ।
खसी पार्न पाइने
दर्तावाला पशु चिकित्सक वा अधिकारप्राप्त व्यक्तिले कानुनले तोकेबमोजिम वा स्वीकृत कार्यविधिअनुसार सिङ काट्न, खसी पार्न, खुर काट्न, स्वास्थ्य परीक्षण, शल्यचिकित्सा वा स्वास्थ्योपचार गर्न पाउने व्यवस्था गरिएको छ ।
पशुलाई के गर्ने, के नगर्ने
– प्रचण्ड गर्मी, चर्को घाम, अविरल वर्षा, आँधीबेहरी, असिना, हिमपात र बज्रपातजस्ता प्रतिकूल मौसममा काम नलगाउने
– दैनिक ८ घन्टाभन्दा बढी समय काममा नलगाउने
– हप्तामा एक दिन आराम दिने
-भाले र पोथी पशुलाई एकैसाथ नराख्ने
– धेरै जाडो र धेरै गर्मी आश्रयस्थलमा नराख्ने
– लामो समय भारी बोकाउनुपर्ने पशुलाई प्रत्येक ३ घन्टामा आहारा दिने
– शारीरिक तौलको ४० प्रतिशतभन्दा बढी भार बोकाउन नपाइने
– बूढो र गर्भवती पशुलाई कार्यबोझ कम गर्ने
– भारी बोकेर लरखराउने पशुलाई तुरुन्त काम गराउन रोक्ने र पुनः काम लगाउँदा साविकको भार घटाउने
– पशुलाई बाँध्ने दाम्लो, डोरीलगायत घाउ नलाग्ने र पीडा नहुने गरी तयार गर्नेे
– वृद्धा अवस्थामा पुगेकालाई कामबाट निवृत्त गरी नियमित हेरचाह गर्ने ।
पशुलाई के गर्ने, के नगर्ने ?
गर्नुपर्ने
– बूढो र गर्भवती पशुलाई कार्यबोझ कम गर्ने
– भारी बोकेर लरखराउने पशुलाई तुरुन्त काम गराउन रोक्ने र पुनः काम लगाउँदा साबिकको भार घटाउने
– बाँध्ने दाम्लो र डोरी घाउ नलाग्ने र पीडा नहुने गरी तयार गर्नेे
– वृद्धा अवस्थामा पुगेकालाई कामबाट निवृत्त गरी नियमित हेरचाह गर्ने ।
गर्न नहुने
– चर्को गर्मी र घाम, अविरल वर्षा, आँधीबेहरी, असिना, हिमपातजस्ता प्रतिकूल मौसममा काममा नलगाउने
– दैनिक ८ घन्टाभन्दा बढी समय काममा नलगाउने
– हप्तामा एक दिन आराम दिने
– भाले र पोथी पशुलाई एकैसाथ नराख्ने
– धेरै जाडो र गर्मी हुने स्थानमा नराख्ने
– लामो समय भारी बोकाउनुपर्ने पशुलाई प्रत्येक ३ घन्टामा आहारा दिने
– शारीरिक तौलको ४० प्रतिशतभन्दा बढी भार बोकाउन नपाइने
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: