×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रचण्डलाई चुनाव कै दिन झट्का, हुम्लामा सिंगो कमिटीद्वारा पार्टी परित्याग !

हुम्ला – स्थानीय तह निर्वाचन मतदानकै दिन माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवारसहित सिंङ्गो कमिटीले बिद्रोह गरी पार्टी परित्याग गरेको छ । हुम्लाको सर्केगाड गाउँपालिका १ नम्बर वडा जैरमा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार रामे रावतसहित सिंगो कमिटीले विद्रोह गरी पार्टी परित्याग गरेको छ । माओवादी केन्द्रको हुम्ला जिल्ला पार्टीले गाउँपालिका स्तरमा एमालेसँग तालमेल गर्ने निर्णय गर्दै जैरमा पनी एमाले उम्मेदवारलाई मतदान गर्न ह्वीप जारी गरेपछि सिंगो कमिटीले विद्रोह गरेको हो ।
उम्मेदवार रावतले गाउँपालिका स्तरमा तालमेल भएपनि आफ्नो वडामा भने आफ्नो पार्टीले छुट्टै उम्मेदवारी दिने निर्णय भएकोमा जिल्ला पार्टीले उम्मेदवारी फिर्ता लिई एमालेसँग तालमेल गर्न दबाब दिएपछि आफूहरुले बिद्रोह गर्नुपरेको बताए । 

जिल्लाको निर्णय नमान्नेलाई कारबाहीको पत्र

त्यस्तै माओवादी केन्द्र हुमल्लाले जिल्ला पार्टीले दिएको निर्देशन नमान्नेलाई कारवाही गरिने बताएको छ । एमालेसँग तालमेल गर्न नमान्नेलाई कारबाही गर्ने पत्र गाउँ पार्टी कमिटीलाई थमाएपछि सिंगो गाउँ कमिटीले पार्टी परित्याग गरेको रावतले बताए । 
यस्तै माथिल्लो कमिटीले तल्लो कमिटीलाई पेल्ने रणनीति लिएपछि आफूहरुले विद्रोह गर्नु परेको गाउँ कमिटीका अध्यक्ष तिर्थ बुढाले बताए । आफूहरु पार्टीको माथिल्लो कमिटीले लादेको तानाशाही प्रवृतिका कारण मतदातालाई भोट नहाल्न अनुरोध गर्दै निर्वाचन बहिस्कार गर्नुपर्ने बाध्यात्मक स्थितिमा पुगेको बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: