×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

उज्यालोमा बाँच्न दिने, जनतालाई हाँस्न दिने, प्रचण्ड तिमीलाई सलाम !

  • सुर्जनी पौडेल 
आदरणीय पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यू !
नमस्कार !
आज एकपटक तिमीलाई भित्री हृदयदेखि सलाम गर्न मन लाग्यो । जो देशलाइ दिएर गयौ, कमैले यति दिएका छन् आजसम्म । सपनाका ठुला ठुला पहाडका बीचमा तिमीले काम गरेर देखायौ । जो जनता चाहान्थे । अध्याँरो हटायौ, निर्वाचन गरायौ, र मन जित्यौ जनताको !
हो, प्रचण्डज्यू तपाईंले भनेजस्तै संविधान कार्यान्वयनमा मात्र होइन, सरकारले राष्ट्रिय अर्थतन्त्रमा समेत ऐतिहासिक सफलता प्राप्त गरेको छ । कसैले नसोचेको आर्थिक वृद्धिदर केवल ०.८ प्रतिशत थियो । राजस्व लक्ष्यभन्दा २४ प्रतिशत बढी उठेको छ । हामी एकातिर चौबीस वर्ष यताकै उच्च ७.५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने दिशामा छौं भने अर्कार्तिर विगत बाह्र वर्ष यताकै सबैभन्दा कम मूल्यवृद्धि कायम गरिएको छ । देशको विकास अब जनताले भाषणहरुमा होइन, तथ्याङ्कहरुमा र परिणामहरुमा खोज्नेछन् भन्ने कुरा प्रमाणित भएको छ ।
हो ! प्रचण्ड सरकार सरकार गठन हुँदै गर्दा अठार-बीस घण्टासम्मको लोडसेडिङ सामान्य मानिन्थ्यो । लोडसेडिङका कारण औद्योगिक क्षेत्र अस्तव्यस्त थियो भने जनजीवन अत्यन्त कष्टकर थियो । प्रधानमन्त्री भएलगत्तै मैले लोडसेडिङ अन्त्य गर्ने ठोस संकल्प लिएर एक हिसाबले अत्यन्तै महत्वाकांक्षी ‘उज्यालो नेपाल अभियान’ सुरु जो गर्यो सरकारले जनताले ‘मेरो सरकार’ भन्न मौका पाए ।
त्यतिमात्र होइन, शान्तिप्रक्रिया र संक्रमणकाल व्यवस्थापनका हकमा पनि सरकारबाट उल्लेखनीय काम भएका छन् । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद थप गरिएको छ । उपरोक्त आयोगसँग सम्वन्धित ऐनहरुको संशोधन मस्यौदा तयार भएको छ । द्वन्द्वमा परी मृत्यु भएका, बेपत्ता भएका नागरिकहरुका परिवारलाई थप पाँच लाख राहत वितरण कार्य प्रारम्भ गरिएको छ । आखिर सब क्षेत्रमा जे सक्यो सरकारले त्यो गरेको छ । जसका लागि हामी सलाम गर्छौं तिमीलाई !
त्यति मात्र होइन प्रचण्ड सरकारले ऐतिहासिक रुपमा लगानी सम्मेलन सम्पन्न गरेको छ । यस सम्मेलनमा इतिहासमै सबैभन्दा धेरै १३ अर्ब ५१ करोड अमेरिकी डलर अर्थात् झण्डै चौध खर्ब नेपाली रुपैया बराबरको लगानी प्रतिवद्धता प्राप्त भएको छ । अब मुलूकमा लगानी अभिवृद्धि भई औद्यौगिक विकासले गति लिने निश्चित छ । 
शिक्षा क्षेत्रमा आमूल परिवर्तन भएको छ । स्वास्थ्य क्षेत्रमा त नसोचेको प्रगती भएको छ । जताततै सरकारको वाहिवाहि छ । फेरी एक पटक सलाम प्रचण्डज्यू !

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: