×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रेणु दाहाललाई पृथ्वीले लेखे यस्तो मार्मिक खुल्ला पत्र..

  • पृथ्वीराज ढुंगेल 
रेणु दिदी नमस्कार,
आफू महिला भएर पनि चितवनको भरतपुर महानगरलाई सफल र विकसित महानगरको रुपमा विकास गर्नको लागि योजना लिएर त्यसको नेतृत्व आफुले गर्न सक्छु भन्ने धारणा लिएर आउनु भयो जसको लागि मेरो सलाम छ ।
भरतपुर महानगर जुन अन्य महानगरको तुलनामा सफा सुन्दर महानगर, केहि क्षेत्रमा मात्रै भए पनि आत्मनिर्भर भएको महानगर, राजधानीको तरकारी देखि फलफुल माछा मासु केहि मात्रामा मात्रै भए पनि पूर्ति गर्न सक्षम महानगर, जसले देशको अर्थिक क्षेत्रमा व्यसायिक र पर्यटकिय क्षेत्रबाट केहि अंश थेगेको छ।
देशको लागि आवश्य पर्ने जनशक्ति पनि केहि मात्रामा उत्पादन गर्न सक्षम महानगर । जुन काठमाण्डौँको तुलनामा स्वास्थ्यका हिसाबले भनौँ या अन्य हिसाबले केहि सफल महानगर पनि । जहाँ करिब २० वर्ष, म जन्मिनु भन्दा अगावै पाएको जनप्रतिनिधि आज म आफै एक मतदाताको रुपमा विकास भइ सक्दा बल्ल एक पटक आफुलाई मनपर्ने र विश्वासिलो पात्र चुन्ने मौका पाएका छन् जनताले ।
करिब २० वर्ष देखि हुन नसकेको स्थानिय निकायको पहिलो चरणको निर्वाचनको तयारी पुरा भएर प्रचार प्रसार भइरहेका बेला आफ्नो कमजोर स्थीति देखेर चितवनको भरतपुर महानगरमा माओवादी–काँग्रेसको तालमेलबाट मयेरमा उमेद्वार भएकी रेणु दाहालले अर्थात् तपाईले आफूलाई ‘प्रचण्ड पुत्री’ भनिएको भन्दै दुःखेसो पोख्नु भएको थियो ।
जुन आफु सक्षम हुदा हुदै पनि साहार जोडिएकोमा अरुको नामबाट परिचित हुनु हुदैन भन्ने विचार जायज लाग्यो । प्रचण्डकी छोरी मात्रै नभई राजनीतिक भूमिका बनाएर यहाँसम्म आइपुगेको तपाईको दावी अझै कायम नै छ ।
अब बेला भएको छ तपाईको अग्नी परिक्षाको । जहाँ तपाईले आफुलाई प्रश्तुत गर्ने शैली प्रचण्ड पुत्री वा स्वतन्त्र व्यक्ति के हो भन्ने प्रष्ट हुनेछ ।
अब अन्तिम क्षणमा तपाईले आफुलाई स्वतन्त्र व्यक्ती र विकास प्रेमी भनेर जनतामा चिनाउनसक्नु पर्दछ । या तपाईले मतदाता र सार्वजनिक स्थलको केहि उचाइमा पुगेर भन्न सक्नु पर्दछ कि मैले हारे पनि लोकतन्त्रले जित्नु पर्दछ ।
हाे तपार्इले भन्नुसक्नु पर्दछ की ‘मलाई पदमा पुर्याउनको लागि लोकतन्त्र र जनमतको ठाडो बलत्कार नगरीयोस, लोकतन्त्रको चिरहरण नगरियोस ।’ त्यति मात्र होइन, अब जो सुकैले मतपत्र च्यातेको भए पनि उसलाई हदैसम्मको कानूनी कारबाही गर्न पहलकदमी लिनुपर्दछ । तपाईले भन्न सक्नु पर्दछ कि मलाई जिताउनको लागि निर्वाचन प्रणली नै खराब पार्ने काम नगरियोस् ।
सक्नु हुन्छ त अब तपाईले लोकतान्त्रिक मूल्यका लागि आफ्नो पदीय आकांक्षालाई बलिदानी दिन ? यदि सक्नुहुन्न भने तपाईको राजनीतिक यात्राले यहीँबाट विश्राम लिन सक्छ र अब तपाईले राजनीतिको लागि आफ्नो सम्पूर्ण जीवन अर्पण गर्ने हो भने रञ्जु दर्शनाबाट केहि कुरा सिक्न जरुरी छ ।
तपाईले चितवनको भरतपुरमा जति मत पाइरहनु भएको छ , तपाईको महानगरको मेयर बन्ने सपना साकार नभए पनि महिलाको उत्थानको लागि सम्मानजनक मत आइसकेको छ र, यो नै तपाईको सम्मानजनक जित पनि थियो ।
जसरी रञ्जु दर्शनाले काठमाडौंमा हारेर पनि जितेकी छिन्, उनले भनेकि छिन् मैले हारेको हैन यो मेरो पहिलो जित हो, मैले अब आगामी दिनमा सबै क्षेत्रको विकासकाले लागि खबरदारी गर्नु पर्छ भन्ने, मैले जितेको हुँ यस पटक मैले संख्यात्मक तहमा हारे पनि मेरो साथमा जनमत छ ।
उनले जसरी नै तपाईले जनताको लागि काम गर्ने इच्छा भएको र गर्छु भन्ने आकांक्षा राख्न सकेमा जनताको साथ तपाईलाइ हुनेछ ।
जसरी मतपत्र च्यातीयो त्यसको विपक्षमा लागेर तपाईले भन्न सक्नु पर्दछ कि दोषिलाई हदै सम्मको कारवाही होस भनेर । जसरी रञ्जु दर्शनाले काठमाण्डौँ महानगरमा एमालेका विद्या सुन्दर शाक्यले विजयी हाँसिल गर्दा एमालेको र्यालीको विचमा गएर प्रतिस्पर्धीलाई बधाइ दिदै आगामी दिनमा सहकार्यको प्रतिवद्धता गरेकी छिन् ।
किन भन्न सक्नु भएको छैन ? मैले मतपत्र च्यातेर जित्न खोजेको होइन भनेर, किन अहिलेसम्म बोल्न सक्नु भएको छैन कि दोषिलाई कारबाही होस् भनेर ।
तपाईले भन्न सक्नु पर्दछ कि म एक सम्भावना बोकेको व्यक्ति हुँ भनेर। उनले आफ्नो पक्ष वा विपक्ष जता खसेको मत च्यातीए पनि दोषीलाई कारबाही होस् भनेर बोल्न अझैँ सक्नु भएको छैन । किन हाेला मलार्इ यसमा अापसाेच लागेकाे छ ।
तपाईले बोल्न सक्नु पर्दछ कि मतपत्र च्यात्ने योजनामा बाबुछोरीको मिलेमतो वा सहकार्य छैन भने तपाईले यो घटनाको विरोधमा बोल्न सक्नुपर्छ र तपाईले भन्नुपर्छ कि मैले हारे पनि आपराधिक कार्यले जित्न नपाओस् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: