×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रेणुमाथि काँग्रेसबाट यसरी भएछ अन्तरघात, वडामा भोट आफ्ना उम्मेदवारलाई मेयरमा एमालेलाई !

भरतपुर महानगरपालिकाको जारी मतगणनामा व्यापक ‘क्रस भोटिङ’ भएको पाइएको छ । २७ नम्बर वडाको पछिल्लो मतगणनामा काँग्रेसका उम्मेदवार वडा अध्यक्षमा विजयी भए पनि मेयरमा भने एमालेकै देवी ज्ञवालीले बढी भोट पाएका छन् । 
रेणुले पाउनुपर्ने काँग्रेसको भोट ब्यापक ‘क्रस भोटिङ’ भएर देवीलाई आएको देखिएपछि कांग्रेसबाट अन्तरघात भएको सहजै अनुमान गर्न सकिन्छ । 
कांग्रेस कार्यकर्ताले तलका वडाहरु र उपमेयरमा आफ्ना उम्मेदवारलाई भोट हाल्ने तर मेयरमा रेणुलाइ नहाली अन्तरघात गरेको त छैनन् भने आसंका माओवादीले गर्नु स्वाभाविकै हो । वडा नम्बर ७ मा काँग्रेसका गोविन्द तामाङ ११ सय २९ मत ल्याएर विजयी भए । एमालेका वडा अध्यक्षका उम्मेदवार ढुण्डुराज गुरुङले १ हजार ६८ मत पाए । 
महिला सदस्य बाहेक वडाको सबैमा काँग्रेसले जितेको छ । तर, मेयरमा भने रेणुले मतान्तर घटाउन सकिनन् । यसकारण रेणुमाथि अन्तरघात भएको अनुमान माओवादी कार्यकर्ताले गर्न थालेका छन्।
२७ नम्बर वडाको मतगणना सकिँदा एमालेका ज्ञवाली झण्डै ४ हजार मतले अगाडि छन् । ज्ञवालीले २६ हजार ५६ मत पाएका छन् भने रेणुले २२ हजार २ सय २० मत पाएकी छिन् । 
यता, उपमेयरमा भने काँग्रेसकी पार्वती शाहले अग्रता लिइरहेकी छिन् । उनले २५ हजार ६९२ मत पाएकी छिन् । एमालेकी दिव्या शर्माले २३ हजार ३६२ मत पाएकी छिन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: