×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

निर्वाचित भएपछि गाउँ र नगरका पदाधिकारीहरुको पाउनेछन् यस्तो तलबसुविधा ! हेर्नुहोस् कसले कति पाउँछन् ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – यतिबेला स्थानीय तहको निर्वाचनको माहोलले देश नै तातेको छ । निर्वाचित हुनका लागि कुनै कसुर उम्मेदवारहरुले राखेका छैनन् । यसैबीच ती निर्वाचित उम्मेदवारहरुले कति तलव पाउँलान्, वा के के सुविधा पाउँलान् भन्ने धेरैको गुनासो हुन सक्छ । स्थानीय तहमा निर्वाचित पधाधिकारीहरुले १५ हजारदेखि ६० हजारसम्म तलव सुविधा पाउनेछन् भने अरु सरकारी सुविधासमेत पाउनेछन् । सरकारले स्थानीय निर्वाचनमा निर्वाचित भएका पदाधिकारीहरुको तलब तथा सुविधा तोकेको छ । महानगरपालिकाका प्रमुखको मासिक ६० हजार रुपैयाँ तलव पाउनेछन् । यसैगरी उपप्रमुखले मासिक ५० हजार रुपैयाँ तलव पाउनेछन् । वडाध्यक्षको तलव भने मासिक ३० हजार रुपैयाँ हुनेछ ।
त्यसैगरी उपमहानगरपालिकाका प्रमुखको ४५ हजार, उपप्रमुखको ४० हजार र वडाध्यक्षको २५ हजार तलव तोकिएको छ । नगरपालिकाका प्रमुखले मासिक ३० हजार रुपैयाँ तलव पाउनेछन् भने, उपप्रमुखको तलव २५ हजार र वडाध्यक्षको तलव २० हजार रुपैयाँ हुनेछ । गाउँपालिकाका प्रमुखको तलव २५ हजार हुनेछ भने उपप्रमुखको तलव २० हजार रुपैयाँ र वडाध्यक्षको १५ हजार हुनेछ । यस अतिरिक्त्त प्रत्येक बैठक बसेवापत बैठक भत्ता १ हजार सरकारले उपलब्ध गराउनेछ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: