×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

किन लियो संघीय गठबन्धनले आमहड्ताल फिर्ता ? यस्तो छ रहस्य

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चुनावको मिति सारिएपछि राजपा नेपालसहितको संघीय गठबन्धनले आमहड्तालसहितको आन्दोलनका कार्यक्रम तत्कालका लागि फिर्ता लिएको छ । राजपाका नेता मनिष सुमनका अनुसार सरकारले दोस्रो चरणको स्थानीय चुनावको मिति असार १४ गतेको लागि सारेको र आफूहरुले तय गरेको कार्यक्रममा उम्मेद्वारी दर्तालगायतका निर्वाचन कार्यक्रम पनि परेकाले सर्वसाधारणको असुविधानलाई ध्यानमा राखेर सो समयको आन्दोलनको कार्यक्रम फिर्ता लिइएको बताएका छन् । 
यद्यपी उनले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन नरोकिने भन्दै निर्वाचन कार्यतालिकालाई प्रभावित पार्ने गरी अर्को आन्दोलनको कार्यक्रम चाँडै सार्वजनिक गरिने बताए । नेता सुमनले पूर्व निर्धारित आज, भोलि र पर्सीका लागि तय गरिएको आन्दोलनका कार्यक्रम फिर्ता लिइएको बताए । गठबन्धनको पूर्व निर्धारित कार्यक्रमअनुसार आज मसाल जुलुको कार्यक्रम तय थियो भने भोलि र पर्सि तराई मधेस(थरुहट र लिम्बुवानमा आमहड्ताल गर्ने घोषणा गरिएको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: