×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

संसद बैठकमै सांसदहरुबीच कुटाकुट, एक नेता घाइते (हेर्नुहोस् भिडियोसहित)

  • अर्थ सरोकार सम्बाददाता 
नयाँ दिल्ली -भारतको दिल्ली विधानसभा बैठकमा बुधबार हात हालाहल भएको छ । अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीका विद्यायकहरुले आफ्नै पार्टीबाट निलम्बित नेता कपिल मिश्रामाथि हातपात गरेका हुन् सदनको कारबाही भइरहेका बेला विद्यायकहरुले मिश्रामाथि हातपात गरेका हुन् । कपिल मिश्रा उनै नेता हुन्, जसले हालै दिल्ली सरकार और र मूख्य मन्त्री अरविन्द केजरीवालमाथि गम्भीर आरोप लगाएका थिए ।
केजरीवालमाथि उनले लगातार आरोप लगाएपछि आक्रोसित बनेका आम आदमी पार्टीका विधायकहरुले कपिललाई समातेर कुटेका हुन् । कपिल मिश्राले बताएका छन् कि उनले मंगलवार विधानसभा अध्यक्षलाई पत्र लेखेर सदनमा बोल्नका लागि ५ मिनेटको समय मागेका थिए । उनले अरविन्द केजरीवाल तथा सत्येन्द्र जैनले गरेको भनिएको अनियमतितताका विषयमा रामलीला मैदानमा खुला विशेष सत्र बोलाउन माग गरेका थिए । कपिलले मदनलाल तथा अमानतुल्ला खान जस्ता विधायकले उनमाथि हातपात गरेको आरोप लगाएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: