×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अव के हुन्छ ? नियम मिचेर दादागिरी देखाउँदै देश लुटिरहेको श्री एयरलाइन्सको ‘केस’ पर्यटन मन्त्रालय पुग्यो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – डलर अपचलनदेखि नियमविपरित एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट (एओसी) लिएको प्रकरणसम्म मुछिएको श्री एयरलाइन्स विरुद्ध पर्यटन मन्त्रालयमा समेत उजुरी परेको छ । नियम विपरित पाइलटलाई विदेश पठाएको, नियम विपरित एओंसी लिएको, डलर अपचलन गरेर करोडौं रुपैयाँ ठगेको, लाखौँ रुपैयाँ राजश्व छलेको लगायतका आरोपसहित यसअघि उक्त कम्पनीका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो ।
के भन्छ पर्यटन मन्त्रालय ?
यस विषयमा हामीले पर्यटन मन्त्रालयका प्रतिनिधिसँग बुझ्ने प्रयास गरेका थियौं । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै पर्यटन मन्त्रालयका एक सचिवले एयरलाइन्स विरुद्ध उजुरी परेको र यसको सत्य तथ्य पत्ता लगाई दोषी उपर कारवाही गर्ने बताएका छन् । उनले प्रारम्भिक कुराहरु हेर्दा श्री एयरलाइन्सले निकै बदमासी गरेको देखिएको बताउंदै राजनीतिक हस्तक्षेप नभए एयरलाइन्सविरुद्ध कारवाही हुने ठोकुवा गरे । राजनीतिक कुरा भएकाले हाल आफ्नो नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘ यो देशमा के सम्म हुन्छ भन्ने कुरा तपाईंलाई मैले भन्ने पर्दैन । करोडौ डलर अपचलन गर्न सक्नेले हाम्रा हाकिमहरुलाईपनि प्रभावमा नापार्लान् भन्न सकिन्न । तर नियमअनुसार नै प्रक्रिया अगाडी बढाउने हो भने श्री एयरलाइन्सलाई कारवाही हुन्छ ।’

के छ उजुरीमा ?

श्री एयरलाइन्सविरुद्ध परेको उजुरीको व्यहोरा भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गरिएको उजुरीकै व्यहोरा छ । करोडौं डलर अपचलन गरेको, प्रक्रिया नै नपुर्याई एओसी लिएको, नियम विपरित पाइलटलाई विदेश पठाएको, र नागरिक उड्ययन प्राधिकरणलाई समेत अटेर गरी दादागिरी देखाएको भन्ने व्यहोरा उक्त उजुरीमा छ । ‘हामीले सबै निकायमा उजुरी गरेका छौँ । कुनैपनि हालतमा श्री एयरलाइन्स कारवाहीको दायरामा आउनै पर्छ ।’ स्रोतले अर्थ सरोकार डटकमसँग भन्यो ।
यो पनि पढ्नुहोस् :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: