×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

फलोअप : प्रक्रियानै पूरा नगरी श्री एयरलाइन्सलाई हेलिकप्टर सञ्चालनको स्वीकृति कसरी दिइयो ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – करोडौं डलर अपचलन भएको खबर सार्वजनिक भएपछि श्री एयरलाइन्सका अन्य कर्तुतहरुपनि एक एक गरी सार्वजनिक हुन थालेका छन् । कम्पनीले हेलीकोप्टर संचालनला लागि लिनुपर्ने स्वीकृतिनै प्रक्रिया नै मिचेर अगाडी बढेको कम्पनीको अर्को कर्तुत सार्वजनिक भएको छ । नियममा जानुको साटो राजनीतिक आडमा धम्कीपूर्ण कार्य र भाषाको प्रयोग गर्दै वायुयान विदेश लैजाने स्वीकृति लिएको स्रोतको दावी छ । 

नियम कुल्चिएर कम्पनीको यस्तो दादागिरी !
‘कम्पनीले कुनैपनि वायुयान सञ्चालन गर्दा भएको सम्झौता नेपाल नागरिक उड्ययन प्राधिकरणमा पेश गरी स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था छ । तर यो व्यवस्थालाई कुल्चिएर नेपाल नागरिक उड्ययन प्राधिकरणका हाकिमलाई प्रभावमा पारेर सम्झौतापत्र नै पेश नगराई वायुयान विदेश लैजाने स्वीकृति लिइएको छ । यस विषयमा छानविन गरेको खण्डमा यो कुरा दुधको दुध, पानीको पानी बाहिर आउनेछ । एयरलाइन्सले लिएको एयर अपरेसन सर्टिफिकेट रिक्वारमेन्टको च्याप्टर ३ को नियम ३.४.४(बी) अनुसार रु ५ करोड बैंक धरौटी राख्नु पर्नेमा त्यो समेत राखेको छैन । ‘ स्रोतले भन्यो । 
हद भएपछि उजुरीको यस्तो तयारी ! 
नेपाल नागरिक उड्ययन प्राधिकरणकै एक कर्मचारीले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार कम्पनीले हदगरेपछि प्राधिकरणकै केहि कर्मचारी समेत मिलेर कम्पनीमाथि सम्बन्धित निकायमा उजुरी दिने तयारीमा छन् । ‘नियम मिच्ने भए नियम किन चाहियो ? धम्की वा राजनीतिक आडका भरमा सबै काम हुने भए हाम्रो के औचित्य भयो र ? के गुण्डागर्दी र दादागिरी गर्नेलेचाहिं जे गरेपनि हुने हो ? कहिलेसम्म सहने राजनीतिक आडमा हुने ज्यादत्ती ?’ प्राधिकरणकै एक कर्मचारीले अर्थ सरोकार डटकमसँग प्रश्न गरे । उनले आवश्यक परेको खण्डमा प्रभावमा पर्ने आफ्ना हाकिमका विरुद्धसमेत उजुरी गर्ने चेतावनी दिए । ‘प्रभावमा पार्ने मात्र होइन पर्ने पनि दोषी हो । त्यसैले सबैका विरुद्ध लाग्छौं हामी । जागिरको सवालपनि भएकाले अलि संवेदनशील रुपमा काम गर्नुपर्ने छ ।’ उनले भने ।

यो पनि पढ्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: