×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भोट माग्न जाँदा वडाध्यक्षका एमाले उम्मेदवारलाई कुटपिट गरेर लखेटियो !

  • अर्थ सरोकार सम्बाददाता 
झापा – झापाको अर्जुनधारा नगरपालिका वडा नंं. ७ मा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका रमेश त्रिखत्री भोट माग्न जाँदा स्थानीय तथा पूर्व एमाले कार्यकर्ताहरुले कुटपिट गरी लखेटेका छन् । उनलाई स्थानीय अर्जुनधारा माविका शिक्षक भोला पौडेलले कुटपिट गरी लखेटेका हुन् ।
पार्टी हित विपरित कार्य गरेको भन्दै उनलाई कारबाही गरिएको थियो । शनिबार भोट माग्न पौडेलको घरमा जाँदा त्रिखत्रीमाथि कुटपिट भएको हो । एमालेका अनुसार वडा सदस्यका उम्मेदवार कमल निरौलामाथि पनि दुव्र्यवहार गरिएको छ । 
प्रहरी चौकी शनिश्चरेले पौडेललाई नियन्त्रणमा लिएको छ भने लगत्तै एमालेका जिल्ला कमिटी सदस्य भोला परियार, क्षेत्रीय सचिव पुण्य सुवेदी, नगर अध्यक्ष प्रेमसागर सापकोटासहितको छलफलले समझदारीमा यो विवाद सामधान गरिएको छ । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार पौडेललाई पार्टीमा पूर्ववत् जिम्मेवारीमा फर्काइएको छ भने आइतबार उनकै घरमा निर्वाचन प्रचारप्रसार सुरु गर्ने तयारी गरिएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: