×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भिडियोमा हेर्नुहोस् मतपत्र च्यात्ने यी माओवादी कार्यकर्तालाई !

भरतपुर महानगरपालिकामा अहिले तनाव छ । माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछि स्थिति तनावग्रस्त भएको हो । यता एमालेका उम्मेदवार देवी ज्ञवालीले भने माओवादी हार्ने निश्चित भएपछि योजनाबद्ध ढंगले मतपत्र च्यातिएको दाबी गरेका छन् ।

साथै उनले यसबारे आफूहरुलाई पूर्वसूचना भएकाले सुरक्षाकर्मीलाई जानकारी गराएको तर रोक्नेतर्फ ध्यान नदिइएको आरोपसमेत लगाएका छन् । हार्ने निश्चित भइसकेपछि योजनाबद्ध ढंगले मतपत्र च्यातिएको छ र राज्यसत्ताको दुरुपयोग गरिएको छ ।’ पत्रकारसँग उनले भने । 

माओवादी चितवनको जिल्ला अध्यक्ष मधु न्यौपाने र माओवादीका प्रतिनिधि द्रोण सिवाकोटीले मतपत्र च्यातेका एमालेको आरोप छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: