×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बझाङमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच कुटाकुट, ५ जना घाइते

काठमाडौं । बझाङमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच कुटाकुट भएको छ । बझाङको छबिसपाथिभेरा गाउँपालिका केन्द्रमा मतगणना शुरु हुने बेला बिहीबार विहान कुटाकुट सुरु भएको हो । 
मतदान केन्द्र बाहिर आपसी बिबाद हुँदा एमाले र माओवादी कार्यकर्ताबीच कुटाकुट भएको हो । कुटाकुटमा परि ५ जना घाइते भएका छन् ।
कुटाकुटमा घरेलु हातहतियार प्रयोग गरिएको बताइएको छ । उक्त घटनामा एमालेका २ कार्यकर्ता, माओवादी केन्द्रका १ र २ जना म्यादी प्रहरी घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याउदै गरिएको र आक्रमणमा संलग्न ९ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ। घटनालबाट केही धारिला हतियार समेत बरामद भएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: