×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बामदेब गौतमले विप्लवका २ नेतालाई कार्यालयमै बोलाएर गरे गिरफ्तार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका २ नेतालाई मकवानपुरका डिएसपीले कार्यालयमै बोलाएर गिरफ्तार गरेका छन् । 
नेकपाका मकवानपुर जिल्ला ईन्चार्ज ज्वाला र मजदुर नेता सोम घलानलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यलय मकवानपुरमा राखिएको छ । डिएसपी बामदेब गौतमले प्रहरी कार्यलयमा बोलाएर दुबै जनालाई नियन्त्रणमा लिएको नेकपा मकवानपुरले इमान्दार मिडियालाई बतायो । 
निर्वाचनको बेला मकवानपुरमा भएका बिभीन्न घटनाक्रमलाई मध्यनजर गर्दै दुई नेतालाई नियन्त्रणमा लिएको भन्दै जिप्रका मकवानपुरका डिएसपी गौतामले थप अनुसन्धान गरिने बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: