×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

आखिर प्रचण्ड, शेरबहादुर, रामचन्द्र र ओलीहरु नै भन्छन् – भारतले मान्दै मान्दैन….

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्षस चित्रबहादुर केसीले नेपाली राजनीतिमा चीनभन्दा भारतीय हस्तक्षेप व्यापक गरेको विश्लेषण गरेका छन् । 
भारतले यहाँको राजदूत मार्फत सीधै पार्टीका नेतालाई भेटेर हाँकै सल्लाहा दिने गरेको भन्दै अध्यक्ष केसीले त्यस्तो उत्ताउलो किसिमले देखिनेगरी नै चिनियाँहरुको हस्तक्षेप भने भोग्नु नपाएको बताए ।
दलहरु भारतको अगाडि लत्रिनुको कारण के रहेछ त ? भन्दै एक अनलाइन पत्रिकाले सोधेको प्रश्नको उत्तर दिदै उनले भनेका छन् – ‘सत्ता, शक्ति, चुनाव जित्ने लोभ । पहिले चुनाव जित्नुपर्यो, त्यसपछि सरकारमा जानुपर्यो अनि सरकार टिकाइराख्न पर्यो । अनि भारतीय विस्तारवादको अगाडि लम्पसार नपरेसम्म अस्थित्व जोगिँदैन भन्ने ठानेर यस्तो भएको हो । यसमा वामपन्थीहरु जेगिएका थिए तर अब उनीहरु पनि पछि रहेनन् । महाकाली सन्धिमा एमाले पहिलेदेखि नै लम्पसार परेकै थियो । पछि आएर माथिल्लो कर्णालीमा एमाले–माओवादी मिलेर गए ।’
नेपालको सन्दर्भमा अहिलेसम्म चीनले हस्तक्षेप गरेको, प्राकृतिक स्रोत–साधानमाथि आँखा नगाडेको उनको भनाइ छ  ।
‘वीरगञ्जको कन्सुलेटले मधेसी दलका नेताहरुलाई तिमीहरुले तीन प्रदेश स्वीकार्दा मेरो कलेजो तीन टुक्रा भयो भनेर भनेको होइन त ? त्यसो हुनाले भारतले खुलेआम भन्ने गरेको छ । यहाँको कर्मचारीतन्त्र, बुद्धिजीवी, मिडिया, राजनेताहरुसँग उसको सीधै लगाव र हस्तक्षेप छ । भारतले यहाँ माक्रो म्यानेजमेन्ट गर्छ भनेर त यीनै प्रचण्ड, शेरबहादुर, रामचन्द्र, ओलीहरुले हामीसँगको कुराकानीमा भनि रहेका हुन्छन, के गर्ने भारतले मान्दैन भन्छन् । यी राजपालाई फकाइराखेको कारण पनि त्यही हो नभए यिनको के गति छ थियो र ? यो जान्दछन् सबैले खुलेर हस्तक्षेप भयो यसो गर्नु हुँदैन भनेर कसैले भन्न सक्दैनन् । किनभने उनैको आशीर्वाद नभई सत्तामा जान सकिन्न । मेरो विचारमा भारतीय थिचोमिचो, शोषण, हस्तक्षेपबाट जबसम्म नेपाल मुक्त हुँदैन तबसम्म नेपालको विकास हुन सक्दैन ।’ उनले भनेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: