×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माओवादीलाई ‘बादर’ भन्ने चितवनका एसपीमाथि कारवाहीको माग

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चितवन प्रहरी प्रमुख दीपक थापाले माओवादी केन्द्रका नेताहरुलाई ‘बाँदर’ भनेपछि अहिले उनको जागिर नै धरापमा पर्ने खतरा बढेको छ । प्रहरी उपरीक्षक (एसपी) थापाले अाइतबार राति मत च्यातिएको विषयमा एक अनलाइनमा प्रतिक्रिया दिँदै वाईसीएल माओवादी केन्द्रका नेता तथा मेयरकी उम्मेदवार रेणु दाहालका प्रतिनिधि मधु न्यौपाने र द्रोणबाबु सिवाकोटीलाई बाँदर भनेका थिए । मतपत्र च्यातेको आरोपमा थापा आफैंले न्यौपाने र सिवोकोटीलाई पक्राउ गरेका थिए ।
उपरीक्षक दीपक थापाको भूमिका आफ्नो पक्षमा भएको भन्दै सत्तारुढ माओवादी केन्द्रका नेताहरु उनीसँग आक्रोशित भएका छन् । घटनाबारे निर्वाचन आयोगले सह–महान्यायाधीवक्ता गीताप्रसाद तिमल्सिना नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको भन्दै माओवादीले समितिको छानबिन प्रभावित हुने गरी सार्वजनिक अभिव्यक्ति दिएकामा थापाप्रति आपत्ति जनाएको हो । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य मणि थापाले एसपीमाथि कारबाहीको माग गर्दै उनको रबैया सर्वथा गलत र एकपक्षीय रहेको बताए । भाषा, शैली र तरिका केपी ओलीकै छ’, नेता थापाले भने, ‘त्यतिधेरै पार्टीको माया छ भने बर्दी फालेर राजनीतिमा आउनु, वडा सदस्यमा चुनाव लड्नु, होइन भने पार्टीको पुलिस भएर काम गर्नुभएन ।’ एसपी थापाले भरतपुर प्रकरणपछि सञ्चार माध्यममा प्रतिक्रिया दिएका थिए । ‘दुई जना व्यक्ति बाँदर झैं बुरुक्क उफ्रिएर मतपत्र च्याते । ती माओवादी केन्द्रका कार्यकर्ता थिए’, एसपी थापाले भनेका थिए । 
नेता थापाले प्रहरीको काम गैरकानुनी काम गर्नेलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया बढाउने र समाजमा शान्ति सुरक्षा र अमन चयन कायम गर्ने भएको भन्दै को बाँदर, को स्याल र को बाघ हो भनेर भाषण गर्ने नभएको टिप्पणी गरे । थापालाई चितवनबाट तत्काल प्रहरी प्रधान कार्यालयमा तानेर राजनीतिक भाषण दिएकामा विभागीय कारबाही गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष कुरा राख्ने उनले बताए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: