×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गोर्खा सैनिकले दिए कडा चेतावनी – हतियार मोदीको छातीमा तेर्स्याउन नपरोस् !

दार्जलिङ । पश्चिम बं‌गालको मुमताज मासामा खातून (ममता बेनर्जी) सरकारले नेपाली भाषीमाथि जबरजस्त बंगाली भाषा लाद्न खोजेपछि नेपाली भाषीहरु अान्दोलनमा उत्रेका छन् ।
शान्तिपूर्ण अान्दोलनमा बेनर्जी सरकारले दमन गरिरहेको छ । यही क्रममा दुई अान्दोलनकारीको मृत्यु भइसकेको छ भने सयौं घाइते भएका छन् । गोर्खाल्याण्डको पक्षमा भारतका अन्य भागमा पनि समर्थनमा नेपाली भाषीहरु अान्दोलनमा उत्रेका छन् । दिल्लीस्थित जन्तर-मन्तरमा प्रदर्शन जारी छ ।
यसैबीच भारतमा कार्यरत गोर्खा रेजिमन्टमा कार्यरत नेपाली र नेपाली भाषी सैनिक जवानहरुले खुलेरै गोर्खाल्याण्डको पक्षमा अाफूहरुको पूर्ण समर्थन भन्दै खुलेरै बोल्न थालेका छन् । उनीहरुले नेपाली भाषीमाथि दमन होइन शान्तिपूर्ण रुपमा समस्या समाधान गर्नुपर्ने बताएका छन् ।
सुरक्षाकर्मी र अान्दोलनकारीबीच भएको झडपमा एक नेपाली भाषी सैनिकको मृत्यु भएपछि गोर्खा सैनिकहरु गम्भीर भएका छन् । शान्तिपूर्ण अान्दोलनलाई दमन गरे अाफूहरु अान्दोलनकारीतिर होइन मोदी सरकारविरुद्ध हतियार सोझ्याउने चेतावनी दिएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: