×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कञ्चनपुर : जिप्रका छेउमै रहेको मतदान केन्द्रमा बम विस्फोट, मतदाताको भागाभाग

कंचनपुर । कंचनपुरको सदरमुकाम भीमदत्तनगरनगरको बीच बजारमा रहेको एक मतदान केन्द्रमा शक्तिशाली बम विस्फोट भएको छ । 
जिल्ला प्रहरी कार्यालय कंचनपुर भन्दा करिब १०० मिटरको दूरीमा रहेको भृकुटी उच्चमावि मतदान केन्द्रमा बुधबार बिहानै मतदाता भोट हाल्न लाइनमा बसेको बेला अज्ञात समूहले बम विस्फोट गराएको हो । 
विस्फोटपछि मतदाताको भागाभाग भएको छ । कयौं मतदाताहरु घर फर्केका छन् । विस्फोट कसले र किन गरायो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: