×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

खोटाङमा एमाले उम्मेदवारको घरमा बम विस्फोट, एकको अवस्था गम्भीर

खोटाङ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित एमाले वडाध्यक्षका उम्मेद्वार लिला चौहानको घरमा अज्ञात समुहले बम बिष्फोट गराएको छ । 

बिष्फोटमा वडाध्यक्षका प्रत्यासी चौहानकी बुहारी शकुन्तला चौहान गम्भीर घाईते भएकी छन् । उनको दुबै खुट्टा डढ्नुका साथै चोट लागेको उम्मेद्वार चौहानका भतिज दानबहादुर चौहानले बताए । घरकै अगाडि रहेको भान्छा कोठामा उम्मेदवार चौहानका दाजु टेकबहादुर, बुहारी शकुन्तला र ८ महिने भतिज किस्मत बसेर खाना खाइरहेको अवस्थामा मंगलबार राती सुतली बम बिष्फोट गराइएको हो ।
शकुन्तलाको दाहिने खुट्टाको फिलामा समेत चोट लागेको छ । चौहान परिवारका अनुशार अपरिचित दुई युवकले स्थानीय कृष्ण खत्रीको घर सोधेर गएको आघा घण्टापछि बम बिष्फोट भएको हो । उम्मेद्वार चौहान घरमा नभएको बेलामा बिष्फोट भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: