×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मन्त्री नदिए पार्टी छाड्नेदेखि नेताहरुका पोल खोलिदिनेसम्म माओवादी सांसदहरुको धम्की

काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका केहि सांसदहरुले आफुलाई मन्त्रीपद नदिए पार्टी छाड्ने धम्की दिएको खुलासा भएको छ । 
माओवादी केन्द्रका एक पोलिटब्युरो सदस्यले इमान्दार मिडियालाई दिएको जानकारी अनुसार मन्त्रीका आकांक्षी धेरै भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका अन्य शीर्ष नेता अहिले तनाबमा छन् । ‘देउवा सरकारमा माओवादीले गृहसहित ९ मन्त्रालय पाउने सहमति छ । कसलार्इ मन्त्री दिने ? कसलार्इ नदिने ? भन्ने आलमलमा नेतृत्व छ ।’ ती नेताले भने ।
अहिले मन्त्री पदका आकांक्षी कति जना हुनुहुन्छ ? भन्ने हाम्रो प्रश्नमा उनले भने – ‘सांसद रहेका सबै मन्त्रीका आकांक्षी देखिएका छन् । अस्ति अध्यक्ष कमरेडको नेतृत्वमा सरकार बन्दा पनि आसपासकालाई मात्र मन्त्री बनाइयो, हिजो मन्त्री बनेकाहरु पनि अहिले मन्त्री बने । नयाँलाई त नो इन्ट्री जस्तै भो नी !’ 
दोश्रो संविधानसभाबाट ८३ सांसद रहेको माओवादी केन्द्रमा बाबुराम भट्टराईले सांसद पदबाटै राजीनामा दिएर नयाँ शक्तितिर लागेपछि ८२ जना रहेका थिए । तर ओनसरी घर्ती सभामुख भएपछि पार्टी त्यागेका कारण उनको गणना नहुने र प्रधानमन्त्री भइसकेका अध्यक्ष प्रचण्ड मन्त्री हुने कुरा नभएपछि उसका ८० जना सांसद मात्रै रहे । त्यसमध्ये अधिकांश सांसदहरू मन्त्रीका अाकांक्षी छन ।
‘मन्त्री नपाए पार्टी छाड्नेदेखि नेताहरुका गलत क्रियाकपाल बाहिर ल्याइदिनेसम्मका धम्की सांसदहरुले दिन थालेका छन् । साथीहरुको कुरा ठिकै पनि हो । लगानी, त्याग र बलिदान सबैको उस्तै छ। मूल्यांकन नहुदा दुख लाग्छ ।’ यो बाहिर भन्नुनहुने कुरा भएपनि भन्नैपर्ने आफूहरुको बाध्यता रहेको उनको दुखेसो थियो ।
अहिले पहिलो चरणमा माओवादीबाट देउवा सरकारमा कृष्णबहादुर महराले उपप्रधानसहित परराष्ट्रमन्त्री, जनार्दन शर्माले गृहमन्त्री र प्रभु साह बिना विभागीय मन्त्रीका रुपमा बुधबार सपथ लिइसकेका छन् ।महरा पूर्ववर्ती प्रचण्ड सरकारमा उपप्रधानसहित अर्थ र शर्मा उर्जामन्त्री थिए । 
इमान्दार मिडियासँगको टेलिफोन बार्ताका क्रममा ती नेताले आफ्नो नाम सार्वजनिक नगरिदिन पनि आग्रह गरेका थिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: