×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पुलिस क्लब गेट अगाडि नै प्रधानमन्त्री देउवा र प्रचण्डको पुत्ला जल्यो

काठमाडौं । दुई नम्वर प्रदेशको चुनाव सारेको विरोधमा एमाले निटक विद्यार्थी संगठनले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पुत्ला दहन गरेका छन् ।
विद्यार्थीहरूले देउवा र प्रचण्डकाे प्रर्दशनीमार्गस्थित नेपाल पुलिस क्लबको गेट अगाडि नै पुत्ला जलाएका हुन् ।उनिहरूले देउवा र प्रचण्डका विरुद्ध नाराबाजी समेत गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनाव सार्ने सरकारी निर्णयको हिजो नै विरोध गरेको थियो ।
उनीहरुले सरकारको निर्णयलाई राष्ट्रघातीको संज्ञा दिँदै आजसम्म उक्त निर्णय फिर्ता नलिए सरकार सडकबाटै सरकार ढाल्ने आन्दोलन छेड्ने चेतावनी समेत दिएका छन् ।
प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भारतीय दलाल भएको आरोप लगाउँदै २ नम्बर प्रदेशलाई वर्तमान सत्तारुढ दलले सिक्किमिकरण गराउन खोजिरहेको आरोप समेत लगाएका छन् ।
पुत्ला दहनपछि सम्बोधन गर्दै अनेरास्ववियू अध्यक्ष नविना लामाले सरकारको उक्त निर्णय नसच्चिएसम्म आफूहरुको आन्दोलन जारी रहने समेत चेतावनी दिएकी छिन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: