×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रोल्पा उम्मेदवारीबारेको भ्रम चिर्दै कम्युनिष्ट पार्टीले जारी गर्यो यस्तो विज्ञप्ति (पूर्ण पाठसहित)

रोल्पा । नेपाल कम्युनिस्ट पार्टीले अाफ्नो पार्टीले कुनै पनि ठाउँमा उम्मेदवारी नदिएको बताएको छ । रोल्पाको थबाङमा उम्मेदवारी दिएको सञ्चारमाध्यमहरुले प्रचार गरिरहेको बेला नेपाल कम्युनिस्ट पार्टीले रोल्पाले त्यसको खण्डन गरेको छ ।
जिल्ला सेक्रेटरीले जागृतीले एक विज्ञप्ति जारी गरेर उक्त प्रचारको खण्डन गरेका छन् । ‘दोस्रो चरणको चुनावी नाटकको मञ्चन भइरहेको सन्दर्भमा रोल्पाको थबाङमा हाम्रो पार्टीको तर्फबाट मनोनयन दर्ता भनेर भ्रमपूर्ण समाचारहरु आइरहेकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’ जागृतीले विज्ञप्तिमा भनेका छन् । उनले अाफ्नो पार्टीको नाम जोडिएका व्यक्ति पार्टीको उम्मेदवार नभएर दलाल संसदीय व्यवस्थाको भ्रम जालमा परेका व्यक्ति भएको बताएका छन् । 
दलाल संसदीय व्यवस्थाले जनतामाथि जबरजस्त थोपारिएको चुनावविरुद्ध अाफ्नो पार्टीले खारेज अभियान संचालन गरेको थाहा पाउँदा पाउँदै जनतामा भ्रम छर्न उक्त प्रचार गरिएको बताउँदै सेक्रेटरी जागृतीले चुनाव खारेज अभियानमा जुट्न पार्टी र जनतालाई अाह्वान समेत गरेका छन् ।
विज्ञप्तिको पूर्णपाठः 
हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी यतिबेला दलाल संसदीय व्यवस्थाद्वारा नेपाली जनताविरुद्ध जबरजस्त थोपरिएको चुनावी अभियानका विरुद्ध विभिन्न संघर्षमार्फत चुनाव खारेजीको अभियानमा लागिरहेको छ । भारतीय साम्राज्यवादको नाङ्गगो दलाली गरिरहेको वर्तमान देउवा-प्रचण्ड मण्डली सरकार यतिबेला नेपाली जतताकाविरुद्ध दमन अभियान संचालन गरिरहेको छ ।

हाल हाम्रो पार्टीको तर्फबाट भन्दै उम्मेदवार भनेका व्यक्तिहरु हाम्रो पार्टीका नभइ दलाल संसदीय व्यवस्थाको भ्रम जालमा परेका व्यक्तिहरु हुन् । त्ससैले ती व्यक्तिहरुको नाम जोडेर नेकपाका उम्मेद्धार भन्नु नेपाली जनतालाई भ्रम जालमा पार्ने कुरा मात्र हो । दलाल संसदीय व्यवस्थाको चुनावी भ्रम जालमा नपरी चुनाव खारेजी अभियानमा डट्न हामी यसै विज्ञप्ति मार्फत थबाङ्गी जनसमुदायलगायत आम जनसमुदायलाई हार्दिक अपिल गर्दछौं ।

क्रान्तिकारी अभिबादनसहित
क.जागृती
जिल्ला सेक्रेटरी
रोल्पा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: