×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रधानमन्त्री देउवाको गृहनगरमा एमाले चम्कियो, काँग्रेस पत्तासाफ..

डडेल्धुरा । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरवहादुर देउवाको गृहनगरमा एमाले चम्किएको छ । अमरगढी नगरपालिका डडेलधुरामा देउवाको गढ भत्काउदै एमालेले पहिलोपटक मेयर र उपमेयर हात पारेको छ । 
दोस्रो चरणको एमालेका विपिन ओझा मेयर र संगीता भण्डारी उपमेयरमा बिजयी भएका छन । मेयरमा ओझाले ३७ सय ६८ मत ल्याउँदा प्रत्यासी काँग्रेसका डिल्लीराज जोशीले ३६४१ मत मात्र प्रप्त गरे ।
उपमेयरमा एमालेकी भण्डारीले ३५४७ मत ल्याउँदा प्रत्यासी काँग्रेसकी पार्वती झुकालले ३३०९ मत प्राप्त गरेकी छिन् । यसअघि काँग्रेसले जितेको थियो । ११ वटा मध्ये ८ वटा वडामा एमाले विजयी भएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: