×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कानुनमन्त्री भन्छन् – एमालेले पनि विगतमा मतपत्र च्यातेकै हो, अहिले किन यत्रो हंगामा ?

  • अर्थ सरोकार सम्बाददाता 
भक्तपुर – कानूनमन्त्री अजयशंकर नायकले भरतपुर घटनाका बिषयमा निर्वाचन आयोगले गरेको निर्णय नै सबैभन्दा उपयुक्त भएको बताएका छन् । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री नायकले स्वतन्त्र र अधिकारप्रत्याभुत गरिएको निर्वाचन आयोगमाथि नै हस्तक्षेप गर्दै प्रतिपक्ष दल एमालेले संसद अबरुद्ध लगायतका गतिविधी अघि बढाउनु सकारात्मक नभएको बताए । उनले एमालेले पनि आयोगको निर्णय स्वीकानुपर्ने धारणा तर्क गरेका छन् ।
विगतमा पनि एमालेका कार्यकर्ताले मतपत्र च्यात्दा पुन मतदान गरिएका उदाहरण ताजै भएकोले अहिले निर्वाचनमा पनि फेरी मतदान गर्दा एमालेले कुनै शंका गर्न मन्त्री नायकको भनाइ छ । उनले एमालेले गरेको विरोध अर्थहिन भएको दाबी गर्दै मतपत्र च्यातिएको बिषयमा कुनै हंगामा गर्न नहुने बताए । ‘आयोगले निर्णय गरी सकेको भरतपुरको घटनालाई लिएर नयाँ बुहमतिय सरकार गठनका बिषयमा एमालेले संसद अबरुद्ध गर्नु र प्रधानमन्त्री चयन प्रक्रिया प्रभावीत बनाउन खोज्नु ठिक होइन ।मन्त्री नयकले भने । प्रतिपक्ष दल एमालेले यसरी नै संसद अबरुद्ध गर्ने हो र प्रधानमन्त्री चयनमा ढिलाई हुने हो भने दोस्रो चरणको स्थानीय तहको निर्वाचन समेत प्रभावित हुने मन्त्री नायकले जिकिर गरे ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: