×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेप्से भनेको के हो भन्ने समेत थाहा रहेनछ अर्थमन्त्री कार्कीलाई ! अर्थसचिवले बुझाएपछी मन्त्रीको यस्तो प्रतिक्रिया !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कांग्रेसी कोटाबाट सेर बहादुर देउवाको नजिक भएकै कारण अर्थमन्त्रीको बागडोर सम्हाल्ने मौका पाएका ज्ञानेन्द्र बहादुर कार्कीले बुधबार पदभार ग्रहण गर्दैगर्दा रमाइलो दृश्य देख्न पाइयो ।
अर्थसचिवले ‘बिफ्रिङ’ गर्ने बेलामा ‘नेप्से भनेको धितोपत्र कारोबारको मापक सुचक हो, मौद्रिक पाटो राष्ट्र बैंकले हेर्ने र वित्तीय पाटो अर्थमन्त्रालयले हेर्छ भन्ने जानकारी गराए । नभन्दै अर्थमन्त्रीले आफुलाई अर्थका बारेमा खास जानकारी नभएपनि आफु मन्त्रालय हाँक्न सक्ने दावी गरे । 
‘हुनत म जलस्रोत मन्त्रालयमा हुँदा मलाई किलोवाट र मेगावाटबीच फरक छुट्याउन पनि धेरै पटक सोच्नु पर्दथ्यो, तर मलाई लाग्छ मैले त्यतिखेर त्यो मन्त्रालय सफलतापूर्वक हाँके,’ मन्त्री कार्कीले आफुलाई अर्थका बारेमा खास जानकारी नभएको स्वीकार्ने आशय सहित बोले । उपस्थित सबैले मन्त्रीको यो कुरा सुनेपछि रमाइलो त माने तर नेपालको अर्थमन्त्रीको यो हविगत देखेर सबैले दुख पनि उतिकै माने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: