×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

भरतपुर मतगणनास्थल : चार दिनपछि सिल खोलियो, यस्तो छ पछिल्लो ताजा अपडेट

भरतपुर महानगरपालिकाको मतगणनास्थलमा चार दिनपछि सिल खोलिएको छ । च्यातिएका मतपत्रको विस्तृत विवरण संकलन गर्न ४६ जनाको टोली बिहीबार मतगणनास्थल प्रवेश गरेको हो । उक्त टोलीले मतगणनाका क्रममा ९० मतपत्र च्यातिएको पाइएको बताएको छ ।
भरतपुरका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले ९० थान मतपत्र क्षति भएको देखिएकोले त्यही रिपोर्ट निर्वाचन आयोगसमक्ष पठाउने बताए ।
जेठ १४ गते मध्यराति १९ नम्बर वडाको मतगणना जारी रहेको बेला माओवादी प्रतिनिधिले मतपत्र च्यातेका थिए । १९ नम्बरमा २८९७ मत खसेको थियो । त्यसमध्ये १८०९ मत गणना भइसकेको अवस्थामा यो घटना भएको थियो । गणना हुन बाँकी ९९८ मत भने गन्न सकिने अवस्थामा रहेको मुख्य निर्वाचन अधिकृत न्यौपानले बताए ।
भरतपुरका उम्मेदवार प्रतिनिधि, चितवनका प्रहरी प्रमुख दीपक थापा, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, भरतपुरका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको उपस्थितिमा सिल खोलिएको छ ।
च्यातिएका मतपत्रको गणना गरी त्यसको विवरण निर्वाचन आयोग केन्द्रीय कार्यालय काठमाडौंमा पठाइनेछ । च्यातिएका एवं गणना गर्न बाँकी मतपत्रहरू मतगणनास्थल कभर्ड हलमा राखिएको छ ।
भरतपुर महानगरमा माओवादी केन्द्रकी मेयर प्रत्यासी प्रधानमन्त्री पुत्री रेणु दाहाल र एमालेका देवी ज्ञवालीबीच कडा प्रतिस्पर्धा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: