×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दोस्रो किस्ता लिने गएनन् भूकम्प पीडीतहरु, १८ अर्ब बैंकमै थन्कियो !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ असार २०७४, सोमबार

PRIME CA
laxmi sunrise bank

दोस्रो किस्ता लिने गएनन् भूकम्प पीडीतहरु, १८ अर्ब बैंकमै थन्कियो !

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदानको दोस्रो किस्ताका लागि भूकम्पप्रभावित १४ जिल्लामा पठाएको १७ अर्ब ९६ करोड ५२ लाख बैंकमै थन्किएको छ । पहिलो किस्ता लिएका पीडितले घर नबनाउँदा दोस्रो किस्ताको रकम वितरण हुन नसकेको आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

प्राधिकरणका अनुसार पाँच लाख ६७ हजार ४सय ४२ पीडितले पहिलो किस्ता लगेका छन् । तर, दोस्रो किस्ताको रकम लैजानेको संख्या २५ हजार २ सय २८ मात्रै छ ।

पहिलो किस्ता लैजानेको तुलनामा ४.४४ प्रतिशत भूकम्पपीडितले मात्रै दोस्रो किस्तावापतको रकम लगेका छन् । जसका कारण दोस्रो किस्ताका लागि निकासा गरिएको रकम अहिले जिल्लाका बैंकमा थन्किन पुगेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: