×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माओवादी सांसदजी यस्तो चाला, फोनमा दिदी, विरोधमा फिलिली …!

काठमाडौं । निवर्तमान प्रधानन्यायाधीश सुशिला कार्कीलाई महाअभियोग दर्ता भएपछि मिडियामा एकछत्र बोलेका माओवादीका सांसद तथा कानुन व्यावसायी रामनारायण विडारीको चरित्र उदाङ्गिन थालेको छ । 
मकवानपुरतिर रहँदा राजावादी चरित्र बनाएका विडारीले माओवादीमा आवद्धता जनाएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा डेरा जमाएर पाउ मोल्ने काम सुरू गरेका थिए । रातो कारमा लाजिम्पाटको तीन फन्को लगाएर मात्र संसद र अदालततिर तिखा स्वर गर्ने विडारीले महाअभियोगबारे सुशिला कार्कीलाई जानकारी मात्र दिएका थिएनन्, उनले घुमाउरो पारामा धम्की पनि दिएका थिए । नेता र विभिन्न निकायका व्यक्तिलाई नभेट्ने कार्की विडारीसँग भने बोल्ने गर्थिन् । आफ्नो वकालतका समयमा भएको चीनजानका कारण विडारीसँग मुख मोडेर हिँड्ने कार्कीको बानी थिएन । त्यहि बानीको फाइदा उठाउँदै लाजिम्पाटका गेटलाई मन पराउने विडारीले घुमाएर महाअभियोग लाग्नुअघि सुशिलालाई यसको भनक दिएका थिए । 
प्रचण्डको भान्सेजस्तो भएर लाजिम्पाटका राता कुर्सी सुम्सुम्याएर उपरखुट्टी लगाउने विडारीले निवर्तमान प्रधानन्यायाधीश कार्कीको पाउ मोल्ने कोसिस गरे तर त्यो पाउ मोलाईको अवसरै दिइनन् कार्कीले । प्रचण्डले मन्त्री र सांसदलाई दिने भतेरका निमन्त्रक विडारीले तिखो स्वरमा भनेका थिए,‘ए दिदी कांग्रेसहरूले मार्न लागे, महाअभियोग लगाउँछु भन्छन् त ! के गर्ने हो ?’ त्यसमा सुशिलाको उत्तर थियो,‘लगाउँछन् भने लगाउन् मुद्दै लगाउँछन् भने त म के गरूँ त ?’
जब महाअभियोग दर्ता भयो अनि विभिन्न मिडियामा कार्कीको विरोध र माओवादी केन्द्रको निर्णयलाई धर्मग्रन्थ मान्नुपर्ने बाध्यता विडारीले सुनाएका थिए । उनले कार्कीविरूद्ध लागेका अभियोग सार्थक रहेको भन्दै बोल्नुसम्म बोलेका थिए । अहिले उनी ट्वाँ परेका छन् । कार्कीलाई सर्वोच्च अदालतले निरन्तर काममा फर्किने आदेश दिएको र संसदमा पनि महाअभियोग फिर्ता लिएपछि अहिले उनका अनुहार मलिन हुन थालेको उनका सहकर्मी सांसदहरूले जनाएका छन् ।
त्यसो त विडारी त्यसबेला बोल्नुसम्म बोलेका थिए । उनले कार्कीको विरोधमा खुलेआम चुनौतिसमेत दिएका थिए । विरोधमा फिलिलि मिडियामा आफ्नो स्पेश बनाउन भ्याई नभ्याई दौडिएका विडारी अहिले भने महाअभियोग प्रकरणमा मुख बाउन अप्ठेरो मान्ने उनका निकटवर्तीहरू बताउँछन् । 
त्यसो त विडारी माओवादी भित्रका एउटा चटके कलाकार पनि बनिसकेका छन् । संसदको अवरोध गर्नका लागि विपक्षी एमालेका नेताहरू उभिँदा नियमापत्ति भन्दा उनलाई सभामुख ओनसरी घर्तीमगरले अहिले बोल्न नमिल्ने भन्दै बसाएपछि उनको चटकमाथि हाँसोको फोहोरा छुटेको थियो । 
फोनमा कांग्रेसको धम्की आयो, थेग्नै सकिएन भनी विडारीले भनेको एउटा अन्तरवार्ताका क्रममा त कार्की आफैंले पनि सुनाएकी थिइन् । कार्कीले त्यसबेला वर्षमान पुनः र तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको दबाबको पनि खुलासा गरेकी छन् । ‘प्रचण्डलाई भेट्नुप¥यो भनेर शेरबहादुरले बारम्बार भनेका थिए । तर, हिँड्ने बेलामा प्रधानमन्त्रीलाई किन भेट्ने ? भेट्दा त मुद्दैको कुरा गर्छन् भनेर भेटिन ।’, उनले सेवा निवृत्त भएपछि दिएको अन्तरवार्तामा खुलाएकी छिन् । जनप्रहार साप्ताहिकमा खबर छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: