×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सम्पादकीय : ब्रोकरहरुको ‘रबैया’पछीको निचोड, यथाशीघ्र बैंकलाई ब्रोकर लाइसेन्स दिनुको विकल्प छैन !

नेपाली पूँजी बजारको इतिहासमै सेयर कारोबार बन्द गरेर सेयर दलालहरुले गम्भीर अपराध गरेका छन् । असार १५ गते आफुहरुलाई आन्तरिक राजश्वले पत्र काटेको निहुँमा लाखौँ लगानीकर्ताको लगानी गर्ने अधिकारको घाँटी निमोठेर ब्रोकरहरुले जुन रबैयादेखाएका छन्, त्यसको जति भ्रत्सना गरेपनि कमनै हुन्छ ।
तर बिहिबारको घटनाले एउटा कुरा सत्य सावित गरेको छ । त्यो के हो भने, ‘अव बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनुको विकल्प छैन । बिहिबारको घटनाले कुनै दिनपनि कुनैपनि कारणले ब्रोकरहरुले सिन्डिकेट गर्न सक्छन् भन्ने कुरा चरितार्थ गरेको छ । यसरी नै सिमित ब्रोकरहरुको सिन्डिकेटमा बजार रुमलिने हो भने नेपाली पूँजी बजार कुनै दिन ध्वस्त नहोला भन्न सकिन्न । 
सबैले सोच्ने बेला आएको छ, अव सिमित ब्रोकरहरुको सिन्डिकेट बन्द हुनेपर्छ । अव कुनैपनि हालतमा बैंकलाई ब्रोकर लाइसेन्स दिईनुपर्छ । नेपाली पूँजी बजारलाई ‘मजाक’ सम्झिने ब्रोकरहरुलाई तुरुन्त कारवाहीको दायरामा ल्याएर कारोबार बन्द गराउनेजस्तो गम्भीर अपराध गर्नेलाई कारवाही गरी यथाशीघ्र बैंकलाई ब्रोकर लाइसेन्स दिनुको विकल्प छैन भन्ने कुरा प्रमाणित भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: