×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेयर बजार ब्रोकरहरहरुको ‘पिताजीको-बिर्ता’ हो र ?

  • सुरज प्याकुरेल 
देशमा लोकतन्त्र छ र कुनै कुराको विरोध गर्न लोकत्रन्त्रले छुट दिएको छ । सेयर कारोबारमा भ्याट लगाउने भन्ने कुरा आएपछि त्यसको विरोध गर्ने अधिकारपनि ब्रोकरहरुसँग पक्कै छ । तर यसको पनि तरिका हुन्छ । सिष्टमनै बन्द गरेर बजारमा कारोबार नै बन्द गर्न के सेयर बजार ब्रोकरहरुको पीताजीको बिर्ता हो र ?
सामन्य उदाहरण लिउं । मान्छेले आफ्नै घरको धोका त भनेको बेला बन्द गर्न र खोल्न सक्दैन भने, पूँजी बजारजस्तो देशको मेरुदण्ड मानिएको बजारमा कारोबार नै बन्द गर्ने अधिकार ब्रोकरहरुलाई कसले दियो ? यो त लुटतन्त्रको हद भएन र ? नेपाली पूँजी बजारमा आंतककारी शैलीमा जुन काम भएको छ, के यो देशमा भएको लोकतन्त्रको ठाडो उपहास होइन र ?
बजारमा सेयर किन्न पाउने र बेच्न पाउने अधिकार र बाध्यता दुवैमाथि धावा बोलेर ब्रोकरहरुले जुन काम गरे, त्यसको जतिसुकै निन्दा गरेपनि अपुग हुन्छ । भलै यो निर्णय सहि वा गलत भन्ने बहस गर्ने, त्यसको विरोध गर्ने अधिकार ब्रोकरहरुसँग पक्कै छ ।
सेयर कारोबारमा भ्याट लगाउनेकि नलगाउने भन्ने विषयमा आ-आफ्नै तर्क हुन सक्छन्, सेयर कारोबारपनि एक हिसावले वित्तीय कारोबार भएकाले त्यसमा भ्याट लाग्दैन भनेर तर्क गर्न सकिन्छा । विरोध गर्न सकिन्छ । तर आम लगानीकर्ताको अधिकारमाथि नै धावा बोलेर बजार बन्द गर्न के सेयर बजार ब्रोकरहरुका पिताजीको विर्ता हो र ?
तथ्य जे होस्, विरोधको शैली गलत नै हो । यसको विरोध गर्ने पर्छ । यहाँ बुढी मरी भन्दापनि काल पल्केको पीर भयो । अव बैंकहरुलाई पनि ब्रोकर लाइसेन्स दिनुको विकल्प रहेन । त्यसैले अहिले ब्रोकरहरुको मनपरीको विरोध गरौँ । भ्याटका बारेमा बहस गर्दै गरौंला ।  
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: