×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सेन्चुरी बैंकले ग्राहकका ‘डकुमेन्ट’ दुरुपयोग गर्ने गरेको खुलासा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सेन्चुरी बैंक लिमिटेडले ग्राहकका ‘डकुमेन्ट’हरु दुरुपयोग गर्ने गरेको खुलासा भएको छ । केहि समयअघि काठमाडौँको भृकुटीमण्डपमा आयोजना भएको बैंकिङ एक्स्पोमा संकलन गरिएका ग्राहकहरुका नागरिकताका कपि लगायतका डकुमेन्टहरु हराउन थालेपछि यस्तो खुलासा भएको हो । उक्त एक्स्पोमा सेन्चुरी बैंकमा खाता खोलेका अर्थ सरोकार डटकमका प्रधान सम्पादक सुरज प्याकुरेलको नागरिकताको दुरुपयोगको प्रयास भएको सूचनाका आधारमा बैंकमा बुझ्दा सेन्चुरी बैंकको यस्तो कर्तुत बाहिर आएको हो ।

नागरिकताको दुरुपयोग प्रयास !
‘सेन्चुरी बैंकका एक कर्मचारीले मेरो नागरिकता अरुलाई देखाउने, अर्थ सरोकार डटकमको सम्पादक यहि हो भन्दै अरुलाई मेरो नागरिकताको कपि मेसेन्जर, भाइबर लगायतबाट पठाउने गरेको थाहा पाएपछि मात्र मैले सम्झिएँ कि एक्स्पोमा मैलेपनि सेन्चुरी बैंकमा खाता खोलेको थिएँ भनेर ।’ पत्रकार प्याकुरेल अगाडी भन्छन्, ‘त्यसपछि मैले बैंकमा सम्पर्क गरें । बैंकले सम्पूर्ण जानकारी कोटेश्वर साखामा पठाएको भन्ने जानकारी दियो । त्यसपछि म कोटेश्वर साखा पुगें । नभन्दै मेरो नागरिकता अपुग भनेर फर्ममा लेखिएको रहेछ । बैंकका कर्मचारीले मेरो नागरिकताको सक्कल प्रति आफ्नो व्यक्तिगत मोबाइलमा स्क्यान गरेका थिए । मैले त्यहि कुरा जानकारी गराउंदा कोटेश्वर साखाले आफुहरुलाई यसबारे थाहा नभएको भन्ने जानकारी दियो ।’
‘मैले त्यसपछि बैंकका सुचना अधिकारीसँग यसबारेमा जानकारी माग्ने प्रयास गरें । बैंकका सुचना अधिकारी बैठकमा भएको भन्दै त्यहाँकी एक कर्मचारीले आफुसँग कुरा गर्न आग्रह गरिन् ।’ प्याकुरेलले अगाडी भने, ‘मैले नागरिकताको दुरुपयोग भएको भन्ने जानकारी पछी उनले, ‘यो अर्कै विभागले हेर्छ’ भन्दै फोन ट्रान्सफर गरे । पुन: अर्की एक महिला कर्मचारीले फोन उठाउंदै सम्बन्धित कर्मचारीलाइ दिन्छु भनिन् । त्यसपछि मेरो फोटो खिच्नेसँग सम्पर्क भयो ।

यसो भने फोटो खिच्ने कर्मचारीले 
यता फोटो खिच्ने कर्मचारीले सुरुमा आफुले फोटो मात्र खिचेको भन्दै उल्टै ठुला कुरा गर्ने प्रयास गरे । ‘मैले फोटो त खिचेको हो नि । सक्कल नै लिएको हो र दुरुपयोग हुनलाई ?’ म मेरो नागरिकताको दुरुपयोग भएको स्पष्ट भएँ ।’ प्याकुरेल भन्छन्, ‘सुरुमा मलाइ फोटो खिच्ने कर्मचारी मै हुँ भनेर जानकारी दिने अनिस बज्राचार्य नाम बनाताउने कर्मचारीले आफुसँग नागरिकताको कपी नभएको बताए । मैले म मिडियाकर्मी हो, यसरी ग्राहकको नागरिकता स्क्यान गरेर हराउन कहाँ पाइन्छ भनेपछि उनले आफुसँग नागरिकता भएको स्वीकार गरे र ब्रान्चमा पठाईदिने समेत बताए । ४ मिनेटको अन्तरालमा दुइ थरी कुरा गरेका उनले मेरो नागरिकताको दुरुपयोग गरेका छन् र मेरो गोपनियताको हक विरुद्ध काम गरेका छन् भन्ने सूचनाकै आधारमा मैले बैंकमा फलोअप गरेको थिएँ । म सँग उनीसँग गरिएको कुराकानीको रेकर्ड सुरक्षित छ ।
सुरक्षाविद भन्छन्, ‘यो त सरासर अपराध हो’
यसबारे हामीले साइबर सेक्युरीटीमा काम गरिरहेको रिगो टेक्नोलोजीका निर्देशक मुकुन्द पोखरेलसँग सोधेका थियौं । ‘कुनै पनि संस्थाले ग्राहकको व्यक्तिगत सूचना ग्राहकको अनुमति बिना शेयर गर्न वा प्रकाशित गर्न पाउँदैन। यसरि शेयर गरे वा प्रकाशित गरेमा उक्त सूचनाको आधारमा गलत मानिसले अर्काको नाममा गलत क्रियाकलाप गरि फसाउने सम्भावना हुन सक्छ । विश्वमा अरुको यस्तै जानकारीका आधारमा धेरै अपराधहरु भएका छन् । नेपालको संविधानले समेत गोपनियताको हकबारे स्पष्ट व्याख्या गरेको छ । ग्राहकको गोप्य दस्तावेज शेयर गर्नु कानुनि रुपमा अपराध हो । यस्तो गर्नु हुदैन ।’ पोखरेलले भने । ‘मैले केहि समयअघि आफ्नो भोटर कार्ड फेसबुकमा नराख्न समेत धेरैलाई आग्रह गरेको थिएँ । यसले डुब्लिकेट परिचय बनाएर त्यो व्यक्तिका नाममा अपराध गर्न सक्छ ।’ उनले भने ।
कानुन व्यवसायी भन्छन्, ‘उजुरी गर्नुहोस् कारवाही हुन्छ’
यता कानुन व्यवसायीहरुले पनि कार्यालय प्रयोजनका लागि भन्दै आफ्नो व्यक्तिगत मोबाइलमा कसैको नागरिकता स्क्यान गर्नुनै गैर कानुनी भएको स्पष्ट पारेका छन् । ‘तपाईंको कुरा सुन्दा त यहाँ अपराध भएको स्पष्ट देखिन्छ । तपाईंले तपाईंको नागरिकता नीज कर्मचारीले अरुलाई देखाएको भन्ने जानकारीका आधारमा बैंक पुग्दा आफ्नो नागरिकता नभेटेको भन्ने उल्लेख गर्नुभयो । यसले त ती कर्मचारीले उक्त नागरिकता आफ्नो व्यक्तिगत प्रयोजनका लागि खिचेको समेत देखियो । उनीसँग गरिएको कुराकानीको रेकर्डसहित मुद्धा हालनुहोस्, यो सरासर अपराध हो ।’ कानुन व्यवसायी कृष्ण न्यौपानेले भने ।

बैंक विरुद्ध उजुरी गर्छु : प्याकुरेल 
‘बैंकका कुरीति विरुद्ध कलम चलाईरहने मेरो बारेमा बुझ्न धेरैले धेरै ठाउँबाट प्रयास गरेका छन् । मेरो गोप्य जानकारीको सरासर दुरुपयोग भएको छ । म सेन्चुरी बैंकविरुद्ध सम्बन्धित ठाउँमा उजुरी गर्छु । उनले मेरो जानकारी कहाँ- कहाँ कसकसलाई पठाएका छन् भन्ने बुझ्छु । त्यसपछि नेपाल प्रहरी, राष्ट्र बैंक लगायतका ठाउँमा मेरो व्यक्तिगत विवरणको दुरुपयोग गरेकोबारे उजुरी गर्छु ।’ प्याकुरेलले भने ।      
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: