×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चन्द्रागिरीको अर्को ‘झुट’ छताछुल्ल, कम्पनीले बनाएको मन्दिरभित्र नक्कली मूर्ति रहेको खुलासा ! यता छ भालेश्वर महादेवको सक्कली ‘शिवलिङ्ग’ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – पाइलैपिच्छे सर्वसाधारण ठगेको आरोप खुलेदेखिनै लागिरहेको चन्द्रागिरी हिल्स लिमिटेडले जनताको धार्मिक विश्वासमाथिनै ‘बिजनेश’ गरेको खुलासा भएको छ । चन्द्रागिरी हिल्स लिमिटेडले आफ्नो परिसरमा बनाएको मन्दिरभित्र भालेश्वर मन्दिरको सक्कली शिवलिङ्ग नभएको तथ्य सार्वजनिक भएपछि चन्द्रागिरीको यो झुट छताछुल्ल भएको हो । हुन त यसअघिपनि विभिन्न मिडियाहरुमा स्थानीय पत्रकारहरुले यसबारे तथ्य प्रस्तुत गरेका थिए । तरपनि चन्द्रागिरी हिल्स लिमिटेडले आफ्नो झुटलाई लुकाउने प्रयास देखिएको छ ।  

मन्दिरभित्रको शिवलिङ्ग नै नक्कली !
चन्द्रागिरी हिल्स लिमिटेडले मन्दिर बनाउँदा भालेश्वर महादेवको शिवलिङ्गलाई व्यापारीकरण गर्न खोजेको भन्दै स्थानीयले विरोध गरेपछि भालेश्वर महादेवको सक्कली शिवलिङ्गलाई मन्दिर बाहिर सारिएको स्थानीयको दावी छ । ‘अहिले चन्द्रागिरी हिल्स लिमिटेड भन्ने कम्पनीले बनाएको मन्दिरभित्र रहेको शिवलिङ्ग नक्कली हो । त्यो भालेश्वर मन्दिरपनि होइन । भालेश्वर महादेव उत्पति भएको ठाउँ त्यहि भएपनि सक्कली शिवलिङ्ग हामीले मन्दिरभित्र राख्न दिएनौं । त्यसपछि कम्पनीले केहि गुण्डाहरु लगाएर रातारात शिवलिङ्ग नै केहि पर सारिदिए ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै एक स्थानीय भन्छन्, ‘कम्पनीले बनाएको मन्दिरमा राम्रो सँग हेर्ने हो भने उक्त मन्दिरलाई इक्षापुरेश्वर नाम दिईएको छ । सक्कली मुर्ति बाहिर केहि पर सारिएको छ ।
कम्पनीले गुण्डा लगायो, हाम्रो केहि लागेन : स्थानीय 
यता चन्द्रागिरी हिल्स लिमिटेडले उक्त मन्दिर बनाउँदा स्थानीयले विरोध गरेपछि कम्पनीले गुण्डा लगाएर स्थानीयलाई तर्साउदै मन्दिर बनाएको स्थानीयको गुनासो छ । यता त्यहाँका एक स्थानीय पत्रकारपनि अहिले भालेश्वर मन्दिरका नाममा कम्पनीले व्यापार गरिरहेको भएपनि कम्पनीले बनाएको मन्दिरभित्र सक्कली मुर्ति नरहेको दावी गरेका छन् । ‘खानदानीहरुको कम्पनी भएकाले जनताको आवाज सुनिएन । गुण्डाहरु लगाएर रातारात शिवलिङ्ग सार्ने काम भएको छ ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने, ‘स्थानीयहरु निकै रुष्ट छन् । चन्द्रागिरी हिल्स लिमिटेडले स्थानीय जनतामाथि दमन गरेको छ । कुनदिन विद्रोह हुन्छ, थाहा छैन । पैसाका भरमा तथ्य बंग्याउने काम भएको छ । पूरातात्व विभागका कर्मचारीहरुलाईपनि प्रभावमा पारिएको छ । यसबारेमा कोहिपनि बोल्न तयार छैनन् ।’ उनले भने । (उनीसँग गरिएको कुराकानी अर्थ सरोकार डटकमसँग सुरक्षित छ ।)
चन्द्रागिरीका सुचना अधिकारी भन्छन्, ‘मलाइ त केहि थाहा छैन’
हामीले यसबारेमा बुझ्न चन्द्रागिरी हिल्स लिमिटेडका सुचना अधिकारी राजु पौडेललाई सम्पर्क गरेका थियौं । ‘चन्द्रागिरीमा बनाइएको मन्दिरको शिवलिङ्ग त सक्कली भालेश्वर महादेवको मुर्ति होइन भन्ने कुरा आयो नि ?’ भन्ने हाम्रो प्रश्नमा सुचना अधिकारी पौडेल भन्छन्, ‘मलाइ त यस बारेमा केहि पनि थाहा छैन । अम्बिका पौडेल सरलाई फोन गर्नुहोस्, उहाँलाई थाहा छ ।’ उनले यसो भनेपछि हामीले चाद्रागिरी हिल्स लिमिटेडका निर्देशक समेत रहेका अम्बिका पौडेललाई फोन गर्यौं । एक पटक फोन व्यस्त थियो । त्यसपछि हामीले पुन उनलाई फोन गर्यौं । सधैंजसो हाम्रो फोन उठाउने र प्रतिक्रिया दिने पौडेलले त्यसपछि हाम्रो फोन उठाएनन् ।

हेर्नुहोस् सक्कली भालेश्वर महादेवको सक्कली शिवलिङ्ग 

भिडियो : मिर्मिरे अनलाइन 

चन्द्रागिरी हिल्स लिमिटेडका बारे यी समाचार छुटे कि !

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: