×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

छिमेकीसँग पैसा उठाएर कहाँ भागिन् माधुरी ? प्रहरीमा पर्यो यस्तो उजुरी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – परेको बेला ऋण, सापट गर्नु एउटा असल साथी वा असर छिमेकीको धर्मपनि हो । तर त्यहि धर्म निर्वाह गर्दा कोहि सम्पर्कविहिन हुन्छ भने त्यसलाई के भन्ने ?  चाबहिलमा फेन्सी पसल थापेर बसेकी माधुरी शाहको केसमापनि त्यस्तै भएको छ । विभिन्न बहानामा पैसा उठाउने र दर्जनौँ व्यक्तिलाई ठगेर भागेको आरोपमा महानगरीय प्रहरी परिसर टेकुमा उनीविरुद्ध उजुरी परेको छ । विभिन्न पीडितहरुमध्येकि एक रामकुमारी शाहीले गत १७ गते माधुरीविरुद्ध प्रहरीमा उजुरी गरेकी हुन् ।
‘ गत पुष ड गते छोरो अमेरिका पठाउन पैसा पुगेन भन्ने गुनासो गरेपछि मैले २ लाख रुपैयाँ दिएँ । त्यसपछि फेरी ५० हजार दिएँ ।  अहिले मेरो फोननै उठ्दैन ।  विगत २० दिनदेखि उनको पसलपनि बन्द छ ।’ पीडीत शाहीले भनिन् । 
बाउन्स भएको चेक 
पिडितका अनुसार रामकुमारी शाही ठगीमा परेका एक्ली व्यक्ति भने होइनन् । चाबहिल चोकमा रहेको पसलको घरधनी पनि उनलाई खोजिरहेका छन् । स्कुटर किनेको ठाउँमा दिएको चेक अहिलेसम्म साटिएको छैन । आफ्नो पैसा माग्न फोन गर्दा कहिल्यै फोन नउठाउने माधुरीले उनीविरुद्ध उजरी दर्ता गरेको भोलिपल्टै भने रामकुमारीलाई फोन गरी उजुरी किन गरेको भन्दै थर्काएकि थिईन् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: