×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चुडामणिलाई छुटाउन भारतीय नेतालाई गुहार गर्दै ऋषि धमला ! यस्तो छ धमलाको दौडधुपको भित्री कारण !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – चुडामणि शर्माकै सेटिङमा आन्तरिक राजश्व विभागबाट बजेट निकासा गरी आर्थिक बहस नामक कार्यक्रम सन्चालन गरेका ऋषि धमला चुडामणि शर्मालाई छुटाउन अहिले भारतीय नेताहरुलाई हारगुहार गरिरहेको खुलासा भएको छ । धमलाका नाममा अख्तियारमा उजुरी गरी फर्किएका एक व्यक्तिले संचारकर्मीलाई यस्तो जानकारी दिएपछी यस्तो रहस्य खुलेको हो । 
यो पनि पढ्नुहोस् :
स्रोतका अनुसार पत्रकार धमलाले दिल्लीमा भारतीय गृहमन्त्री राजनाथ सिंह, भाजपाका नेता भगतसिंह कोशियारी लगायतलाई भेटेर चुडामणी शर्मालाई जोगाइदिन आग्रह गरेका छन् । चुडामणि शर्मालाई बचाउन भन्दै बिहिबार दिल्ली उडेका धमला आइतबार साँझ काठमाडौं फर्किएका छन् । यसको भित्री कारण भने शर्माकै सेटिङमा उनलाई आयोगबाट कार्यक्रमका नाममा आउने लाखौँ रुपैयाँ रहेको स्रोतको दावी छ । 
ऋषि धमलाले भ्रष्ट व्यक्तिलाई बचाउन खेल खेलीरहेको भन्दै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको र यो उजुरीको समेत काम कारवाही छिट्टै नै अगाडी बढाउन लागिएको बुझिएको छ ।
चुडामणि शर्मा सँग सम्बन्धित यी सामाग्री छुटे कि ?
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: